ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणमै विजयी हुन्छु – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
मंसिर २५, २०७८ शनिबार  ६ : ४० बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।”

सभापतिका प्रत्यासी डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउछौँ ।” सभापतिका अर्का प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताउनुभयो । “देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ”, उहाँले भन्नुभयो ।

नेता सिंहले पार्टीलाई नियम र विधि सङ्गत तथा संस्थागत र सुदृढीकरण गरिने बताउनुभयो । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूले पार्टी सभापति देउवा र उहाँको टिमलाई सहयोग र समर्थन रहेको जानकारी दिनुभयो । उहाँले पदभन्दा बाहिर रहेर पनि कांग्रेसलाई सहयोग गर्न सकिन्छ भन्ने मान्यता अनुरुप उम्मेदवारी नदिएको बताउँदै कांग्रेसमार्फत सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा सहमतिका आधारमा अघि बढाउने सम्भावनाका लागि प्रयत्न गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस एउटा ऐतिहासिक पार्टी हो । निर्वाचनमार्फत हामीले अहिले आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धालाई उदाहरणीय र ऐतिहासिक बनाउनेछौँ ।” नेता कार्कीले मतदाताले अहिलेको अवस्थामा कस्तो कांग्रेस चाहन्छन् तथा कांग्रेस निर्माण गर्नका निमित्त कस्ता व्यक्तित्वहरू आवश्यक हुन्छ विवेकपूर्ण र समझदारीका आधारमा नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री देउवालाई पुनःपार्टी सभापतिमा निरन्तरता दिने अभियानमा आफूहरू रहेको प्रतिक्रिया दिनुभयो । उपसभापतिका प्रत्यासी सुजाता कोइरालाले राजनीति विचार र सिद्धान्तका आधारमा अघि बढ्ने भएकाले महिलाको नेतृत्व स्थापित गर्ने सन्दर्भमा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com