काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हट्नुभएको छ । आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफू १४औँ महाधिवेशनमा सभापतिमा उम्मेद्वारी नदिने बताउनुभयो हो ।आफ्नो संस्थापनइतर समूहमै सभापति पदको लागि धेरै आकांक्षी देखिएर पौडेल साझा उम्मेदवारको चयन हुनवाट असहयोग गरेकोले नेता पौडेल आफु सभापतिको रिङबाट बाहिरिएको जानकारी दिनुभयो । यद्यपि उनले आफू कांग्रेसको राजनीतिबाट भने तत्कालै नबाहिरिने बताउनुभयो ।
यस्तै काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछी पौडेल पछि हटेका उहांका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।
पौडेलले आफूले बुझेको कांग्रेसमा अहिले विचलन आएको अनुभव गरेको उल्लेख गर्नुभयो । कांग्रेसलाई केवल सत्ताको भर्याङमा सीमित बनाउन खोजिएको भन्दै वरिष्ठ नेता पौडेलले सत्ता विचलनबाट हात लागेको सत्ताको अवसरमा पार्टी रमाइरहेको टिप्पणी गर्नुभयो ।
उहांले काँग्रेसमा १४औं महाधिवेशनसम्म आइपुग्दा धेरै प्रपञ्च भोगेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभयो । उहांले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न पनि सबैलाई अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्