ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म


एबीसी / संवाददाता
मंसिर २४, २०७८ शुक्रबार  ८ : १० बजे

काठमाडौं । फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र ।

काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आआफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन् । त्यसो त कांग्रेसले महाधिवेशनको नारा नै ‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔँ नेपाली कांग्रेसको महाधिवेशन’ भन्ने तय गरेको छ ।

हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन शत्रमा । राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसङ्ग पनि कांग्रेस महाधिवेशन उद्घाटन शत्रको अर्को आकर्षणको पाटो बन्यो । पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले पनि कांग्रेसले नेपालका सबै जसो राजनीतिक दलसँग सहकार्य गरेको छ । प्रजातान्त्रिक समाजवादको नारामा कांग्रेसले विसं २००७ को आन्दोलनदेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक नेतृत्व गरेको तथ्य स्पष्ट नै छ । त्यसकारण पनि कांग्रेसको मञ्च अन्य राजनीतिक दलका लागि साझा जस्तै बन्न पुगेको छ ।

उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति, उहाँहरूका धारणासँगै देशको पछिल्लो परिस्थितिले पनि पुनः सहमति, सहकार्य र एकताको विकल्प नभएकामा मतैक्य देखिन्थ्यो । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको तत्कालीन नेकपा पूर्ववत् पार्टीका रुपमा विभक्त भएपछि बदलिएको राजनीतिक परिस्थितीले कांग्रेसलाई पुनः देशको नेतृत्व गर्ने स्थानमा पु¥याइदिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख पाँच राजनीतिक दलले गठबन्धन गरेर सहकार्यको संस्कृतिलाई अगाडि बढाएको सन्दर्भ पनि कांग्रेस महाधिवेशनमा मुखरित भएको छ । लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा९एमाले०का अध्यक्ष ओली, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति पनि अर्को महत्वपूर्ण दृश्यका रूपमा महाधिवशेनमा देखियो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गर्नुभएको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ नै बनेको थियो ।

पटकपटक राजनीतिक परिवर्तन नभए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन नआएको भन्दै नेकपा ९माले०का महासचिव सिपी मैनालीले यर्थाथता पेश गर्नुभयो । महासचिव मैनालीको धारणाभन्दा अझै अगाडि बढेर राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको तर्क गर्नुभयो । उहाँले इतिहास भइसकेको राजतन्त्रको पुनःस्थापनाको पक्षमा धारणा राख्नुभएको थियो । लिङ्देनको तर्कप्रति तीन पूर्व प्रधानमन्त्रीले आपत्ति जनाउनुभयो । एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले लिङ्देनको भनाइलाई खण्डन गर्नुभयो । ओलीले भन्नुभयो, “नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ रु यस्ता कुरा बोकेर हिड्ने रु हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई रु” अध्यक्ष ओलीले थप अगाडि भन्नुभयो, “भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप हो । अलिक समयपछि ठिक आउला भन्ने मलाइ लाग्छ ।”

लोकतान्त्रिक आन्दोलनमा त्याग र सङ्घर्ष गरेका नेताको बदनाम गर्नुको पछाडि निरङ्क्ुशता जगाउने षड्यन्त्र रहेको भन्दै माओवादीका अध्यक्ष दाहालले नेतृत्वलाई खुइल्याउने प्रवृत्तिका विरुद्ध जुध्न आग्रह गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले त नेपालको संविधानले सबैलाई राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै पूर्वराजालाई पनि पार्टी खोलेर राजनीति गर्न सुझाव दिनुभयो ।एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको भन्दै भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले आश्चर्य प्रकट गर्नुभएको थियो । उहाँले यसलाई सहकार्यको साझा संस्कृति भन्दै नेपालका राजनीतिक दल र त्यसको नेतृत्वबाट विश्वका राजनीतिक दलले सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

हर्षवद्र्धनको उक्त भनाइप्रति टिप्पणी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामीले राजनीतिक रुपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौँ, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छाँै ।” अध्यक्ष दाहालले नेपालमा नयाँ संस्कार विकास गरिएको र एकले अर्को नेतालाई प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयो । दिउँसो एकबजेदेखि शुरु भएको उद्घाटन सत्र साँझ ६.४० सम्म चलेको थियो । शुभकामना दिन निम्त्याइएका अन्य राजनीतिक दलका शीर्ष नेतालाई बिदाइ गरेपछि कांग्रेसका पदाधिकारीले पालैपालो सम्बोधन गर्नुभएको थियो । सभापति देउवादेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले आफूलाई मत दिन आग्रह गरेको दृश्य आफैँमा अर्को रमाइलो थियो । गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउन आफूलाई जिताउन आग्रह गर्नुभएका सभापति देउवा र नयाँ नेतृत्वको खोजी जरुरी रहेको धारणा राख्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा कांग्रेसको उत्थानका विषयमा साझा मत व्यक्त भएको थियो ।

वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिभन्दा काँग्रेस पछाडि पर्नुको कारण खोज्नुपर्नेमा जोड दिँदै सैद्धान्तिक रुपमा अब्बल बन्न सबैको मेहनत जरुरी रहेको बताउनुभयो । विभिन्न भेषभूषा, भाषाभाषी सांस्कृतिक प्रस्तुतीले कांग्रेस महाधिवेशन उद्घाटन सत्र आफैँमा ऐतिहासिक बनेको थियो । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको जगमा उभिएको कांग्रेसले महाधिवेशनबाट नेता मात्रै छान्छ कि नयाँ नीति पनि तय गर्छ भन्ने आम चासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com