ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फायर एण्ड फ्युरी पुस्तक कल्पना आधारित – डोनल्ड ट्रम्प


एबीसी न्यूज
पुस २३, २०७४ आईतबार   ९ : २२   बजे

पुस २३ । माइकल वूल्फद्वारा लिखित फायर एण्ड फ्युरी’ नामक पुस्तकमा आफ्नो आलोचना गरिएपछि राष्ट्रपति ट्रम्पले आफ्नो मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूला सम्पत्ति मध्येमा पर्ने भन्दै पुस्तकलाई काल्पनिक कथाको संज्ञा दिएका हुन् । पुस्तकबारे चलिरहेको विवादले सन् २०१८ मा रिपब्लिकन पार्टीले उठाउने मुद्दाबारेका वार्तालाई छायामा पारिदिएको छ । उनले पुस्तकका लेखकलाई धोकेबाजको संज्ञा दिएका छन् ।

पार्टीका वरिष्ठ नेताहरूसँगको बैठकपछि क्याम्प डेविडमा आयोजित पत्रकार सम्मेलनमा उनले वूल्फद्वारा लिखित पुस्तकका विवरण काल्पनिक भएको बताए । साथै उनले आफू विश्वका उत्कृष्ट विश्वविद्यालयमा गएको र टेलिभिजनमा व्यापक सफल भएको बताएका छन् । उनले रूससँग साठगाँठ भएको भन्ने आरोपको पुनः प्रतिवाद गरेका छन् । यसअघि श्रृखंलाबद्ध ट्विटर सन्देशहरूमा उनले आफू स्थिर र प्रतिभाशाली व्यक्ति भएको बताएका थिए ।

उनले रुसले चुनावमा हस्तक्षेप गरेको भनिएका आरोप पूर्ण रुपमा गलत भएको थाहा पाएर डोमोक्र्याटहरुले आफ्नो मानसिक स्थिरतामाथि प्रश्न उठाइरहेको जनाए । ट्रम्पकका वकिलले फायर एण्ड फ्युरी नामक उक्त पुस्तकको प्रकाशन रोक्न खोजेका थिए । तर पूवनिर्धारित मितिभन्दा अघि शुक्रवार सार्वजनिक गरिएको थियो भने यो पुस्तक अहिलेसम्मकै सर्वाधिक विक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group