बझाङ । बझाङमा समान्य विवाद हुदा एक जनाको हत्या भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको हत्या भएको हो ।सोही वडाका २३ वर्षीय दिपेन्द्र थापासँग सामान्य विवाद हुदा धकेलाधकेल भएको र भण्डारी घाइते भएपछि अस्पताल ल्याइएको थियो । भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ज्ञान वहादुर विष्टले बताउनुभयो । रोजगारीको लागी भारत जान लागेका छोरालाई गाडीमा चढाएर फर्किएका मृतक पिरु भण्डारी र थापाको कुलीबाँध खोलामा हिँडिरहेका बेला विवाद उत्पन्न भएको थियो।
घटनामा संलग्न दिपेन्द्र थापालाई हिजो राति नै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। मृतकको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्