काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय ४३ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार २ सय ३१ पीसीआर र २ हजार ६ सय ५७ एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी विगत २४ घण्टामा २ सय ६४ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा १ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय १५ जना छन् । जसमा काठमाडौंमा ७८ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्