काठमाडौं । नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेको अध्यक्ष मण्डलको बैठकले कार्यतालिका तयार गरेको छ । सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । पछिल्लो कार्यतालिका अनुसार अहिले बिहान उम्मेदवारी दर्ताको कार्यक्रम भइरहेको छ । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका रहेको छ ।
यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुने कार्यथतालिका रहेको छ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ ।








प्रतिक्रिया दिनुहोस्