काठमाडौ । एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।
१० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गर्नुभएको थियो । ओलीले आफूलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि नेता पण्डितले अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको उल्लेख गर्दै स्ट्याटस लेख्नुभएको छ ।
आफूले यसअघि नै पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको उल्लेख गर्दै पण्डितले पदाधिकारी भइन“ भने त्याग गर्छु भनेको बताउनुभयो । पदाधिकारीमा ठाउ“ नदिएपछि केन्द्रीय सदस्य पनि अस्वीकार गरेको पण्डितको भनाइ छ । पण्डित यसअघि नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा उठेर पराजीत हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्