ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिलेसम्म सडक छेकेर कार्यक्रम गर्ने ?


एबीसी / संवाददाता

बागलुङ । सार्वजनिक मञ्च, न सभागृह । बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो । खुलास्थल नहुँदा सडक वा चोकमै कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ । राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला वा सम्मेलन गर्छन् । यस्ता कार्यक्रमले सिधै बजार र यातायात सोवामा असर पार्छ । यसै त साँघुरा सडक र चोकका कारण बागलुङ बजारको सवारी साधनको व्यवस्थापन चुनौतीपूर्ण छ, त्यहीँमाथि बीच सडकमै हुने त्यस्ता कार्यक्रमले यातायात सेवा थप अस्तव्यस्त बन्छ । आम चुनावताका त चोकमा मञ्च नै खडा गरेर विभिन्न दलले सभा गर्दै आएका छन् ।

यसै साता भएका नेपाली कांग्रेसको तहगत अधिवेशनमा सडक बन्द भयो । क्षेत्रीय र जिल्ला अधिवेशनका बेला पाँच दिनसम्म यहाँका मुख्य सडक बन्द भएका थिए । गत मङ्गलबार, शनिबार र आइतबार हल्लनचोकदेखि अदालत जाने चोकसम्म सवारीसाधन रोकियो । सडकछेउ रहेको एक पार्टी प्यालेसमा अधिवेशन भएका कारण त्यस क्षेत्रको सडकमा असर परेको हो । मतदानका दिन पार्टी प्यालेसदेखि चोकसम्मै कांग्रेस नेता, कार्यकर्ताको घुइँचो लागेको थियो । पैदलयात्रीलाई बाटो आउजाउ गर्न पनि कठिन भएको थियोे । त्यसअघि प्रदेश तहको क्षत्रीय अधिवेशनका बेला पनि धवलागिरि चोकदेखि बालमन्दिरसम्मको सडक बन्द हुनुपुगेको थियो । अधिवेशन बालमन्दिर प्राविको परिसरमा भएको थियो ।

मतदानपछि उद्योग वाणिज्य सङ्घको सभाकक्षमा गणना कार्य चलिरहँदा ट्राफिक प्रहरीले लोकतान्त्रिक चोकदेखि गोदामचोकसम्मको सडक बन्द गर्नुप¥यो । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । सदरमुकाममा ठूलोस्तरका सभा, समारोह आयोजना हुँदाको स्थिति सधँै उही छ । सार्वजनिकस्थलको अभाव छ । ठूलो सङ्ख्यामा मानिस अटाउने सभाकक्ष छैनन् । होटल वा पार्टी प्यालेसमा भएका कक्षको क्षमता कम छ । सडक अवरुद्ध गरेर कार्यक्रम गर्न नपाइने भए पनि व्यावहारिकता हेरेर छोड्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बद्रीनाथ शर्माले बताउनुभयो । “खास त नमिल्ने हो तर हामीलाई पनि बाध्यता छ, कहिलेकाहीँ व्यवहारिकता हेरिदिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “खुला सार्वजनिकस्थल र ठूलो सभागृह भएका भए यो समस्या पक्कै आउने थिएन ।”

सडक नै रोकिने गरी कार्यक्रम हुँदा केही कठिनाइ हुने गरे पनि जेनतेन यातायात व्यवस्थापन गर्ने गरिएको उहाँको भनाइ थियो । प्रमुख शर्माले यो स्थिति दोहोरिन नदिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउने र ट्राफिक प्रहरी आफँैले पनि सक्दो प्रयास गर्ने बताउनुभयो ।स्थानीय तह, जिल्लाको प्रशासनिक निकाय, राजनीतिक दललगायत सरोकार भएका पक्षले यसबारे सोचेर विकल्प खोज्न ढिलो भइसकेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।

“विशेष गरी बागलुङ नगरपालिकाले यस विषयमा पहल गर्नुपर्छ, सिटी हल बनाउने योजना ल्याइए पनि त्यो कार्यान्वयनमा आउन सकेन”, उहाँले भन्नुभयो, “सार्वजनिकस्थल नभएकाले यस वर्ष बागलुङ महोत्सव पनि नगर्ने मनिस्थितिमा हामी पुगेका छौँ ।”सङ्घले यसअघिका केही महोत्सव शुल्क तिरेर धवलागिरि क्याम्पसको चौरमा गरेको थियो । पहिले पहिले राजनीतिक दलका आमसभा पनि सोही क्याम्पसको मञ्चमा हुने गथ्र्यो । पछि बाहिरी कार्यक्रमलाई क्याम्पसले रोक लगाएको थियो । अध्यक्ष राजभण्डारीले बाङ्गेचौर, चिप्लेटी बसपार्क, गोदामघरलगायत ठाउँमा सिटीहल बनाउन सकिने बताउनुभयो । शहरोउन्मुख बागलुङ बजारमा अहिलेसम्म एउटै व्यवस्थित सभागृह छैन । मूल सडक र चोकमै कार्यक्रम भइदिँदाको मर्का व्यवसायी माथि पनि छ । कतिपय टोलले सडकमा कार्यक्रम गर्न रोक लगाउन खोजे पनि त्यसको कडाइपूर्वक पालना हुन सकेको छैन ।

जग्गा व्यवस्थापन गर्न नसक्दा सिटीहल बनाउने बागलुङ नगरपालिकाको योजना अझै अधुरो छ । त्यसका लागि सरकारबाट वर्षेनी छुट्याइएको बजेट फिर्ता हुने गरेको छ । सिटीहल निर्माणमा जनप्रतिनिधि अक्षम देखिएको सर्वसाधारणको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com