काठमाडौं । नेपालमा थप १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रोल….
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ९ सय १८ जनाको नमूना परीक्षण गर्दा आज १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६ सय ४ जनाको पीसीआर र २ हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ । गत २४ घण्टामा निको हुनेको संख्या ३ सय ४२ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९ सय ६६ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्