ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छलफल बिनाको तथाकथित महाधिवेशन आयोजना गरियो– अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
मंसिर ११, २०७८ शनिबार   ६ : ०१   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले विचार र राजनीतिक छलफल बिनाको तथाकथित महाधिवेशन आयोजना गरेको आरोप लगाउनुभएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका क्रममा शनिबार देशैभरका ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन भर्चुअल समुद्घाटन कार्यक्रममा उहाँले चितवनमा एमालेले विचार र राजनीतिक छलफल बिनाको तथाकथित महाधिवेशन गरेको बताउनुभएको हो । ‘चितवनमा भएको महाकुम्भमा वैचारिक, राजनीतिक विषयमा कुनै छलफल भएको छैन । त्यहाँ तथाकथित महाधिवेशन भएको छ ।’, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले यसकारण पनि एमाले महाधिवेशनसँग माओवादी केन्द्रको तुलना नै हुन नसक्ने समेत प्रष्ट्याउनुभयो ।

देशमा लामो समयको संघर्ष र बलिदान पश्चात् वर्तमान परिस्थती सिर्जना भएको बताउनुहुदै उहाँले माक्र्सवाद, लेनिनवाद र माओवादको मार्गनिर्देशक सिद्धान्तमा आधारित भई सम्मेलनमा नयाँ विचारको संश्लेषण गर्नुपर्ने बताउनुभयो । देशमा अहिले वर्तमन परिस्थिती, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सैद्धन्तिक, राजनीतिक एवम् वैचारिक गर्ने पार्टी माओवादी केन्द्रबाहेक अरु पार्टी नरहेको समेत उहाँले दाबी गर्नुभयो । विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली गुटकै कारण नेकपा विघटन भएको बताउनुहुदै उहाँले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै माओवादी आन्दोलन सफल भएको र प्राप्त उपलब्धिसँगै पार्टीको संगठन सुधारमा पनि जोड दिनुभयो । उहाँले देशैभरमा पार्टीको वडा सम्मेलन उत्साहजनकरुपमा सम्पन्न भएको पनि बताउनुभएको छ । यसैगरी, पार्टीलाई क्रान्तीकारी समाजवादीको रुपमा स्थापित गर्न केन्द्रदेखि सतह स्तरसम्म एकै धारणा निर्माण हुन आवश्यक रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group