ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छलफल बिनाको तथाकथित महाधिवेशन आयोजना गरियो– अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले विचार र राजनीतिक छलफल बिनाको तथाकथित महाधिवेशन आयोजना गरेको आरोप लगाउनुभएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका क्रममा शनिबार देशैभरका ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन भर्चुअल समुद्घाटन कार्यक्रममा उहाँले चितवनमा एमालेले विचार र राजनीतिक छलफल बिनाको तथाकथित महाधिवेशन गरेको बताउनुभएको हो । ‘चितवनमा भएको महाकुम्भमा वैचारिक, राजनीतिक विषयमा कुनै छलफल भएको छैन । त्यहाँ तथाकथित महाधिवेशन भएको छ ।’, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले यसकारण पनि एमाले महाधिवेशनसँग माओवादी केन्द्रको तुलना नै हुन नसक्ने समेत प्रष्ट्याउनुभयो ।

देशमा लामो समयको संघर्ष र बलिदान पश्चात् वर्तमान परिस्थती सिर्जना भएको बताउनुहुदै उहाँले माक्र्सवाद, लेनिनवाद र माओवादको मार्गनिर्देशक सिद्धान्तमा आधारित भई सम्मेलनमा नयाँ विचारको संश्लेषण गर्नुपर्ने बताउनुभयो । देशमा अहिले वर्तमन परिस्थिती, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सैद्धन्तिक, राजनीतिक एवम् वैचारिक गर्ने पार्टी माओवादी केन्द्रबाहेक अरु पार्टी नरहेको समेत उहाँले दाबी गर्नुभयो । विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली गुटकै कारण नेकपा विघटन भएको बताउनुहुदै उहाँले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै माओवादी आन्दोलन सफल भएको र प्राप्त उपलब्धिसँगै पार्टीको संगठन सुधारमा पनि जोड दिनुभयो । उहाँले देशैभरमा पार्टीको वडा सम्मेलन उत्साहजनकरुपमा सम्पन्न भएको पनि बताउनुभएको छ । यसैगरी, पार्टीलाई क्रान्तीकारी समाजवादीको रुपमा स्थापित गर्न केन्द्रदेखि सतह स्तरसम्म एकै धारणा निर्माण हुन आवश्यक रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com