काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुले आगामी मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दा सुनुवाइ तोक्ने काम अघि बढाउने निर्णय गरेका छन् । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुको समूहले मंसिर १५ देखि गोलाप्रथालाई कार्यान्वयनमा लैजाने निर्णय लिएका हुन् । गोलाप्रथा कार्यान्वयनका लागि न्यायाधीशहरुले भोलि दिउ“सो २ बजे फुलकोर्ट बैठक राख्ने भएका छन् । यसअघि पनि सर्वोच्चमा गोलाप्रथासम्बन्धी नियम लागु गर्नका लागि न्यायाधीशहरु छलफलमा जुटेका थिए । प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशको यसअघिको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दै गोलाप्रथा लागु गर्न सर्वोच्च अदालत नियमावलीमा संसोधन समेत गरेको थियो ।
सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास तोकेर सर्वोच्च अदालतको दैनिक कामकारवाही सहज बनाउने प्रयास गरिरहे पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन भने थप आन्दोलित भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले आज देशैभरका उच्चअदालतमा धर्ना दियो भने भोलि विभिन्न नागरिक समाज र पेशागत संघ÷संगठनको सहभागितामा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्