काठमाडौं । आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको हो ।
यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्