काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आइतबार दिउ“सो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन मार्फत् रावलले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो । त्यसअवसरमा नेता रावलले उम्मेदवारी घोषणा गर्न पार्टी केन्द्रिय कार्यालय थापाथलीमा कोठा छैन भन्दै नइिएपछि बाहिर आएर घोषणा गर्नुपरेको बताउनुभयो । पार्टीमा दस बु“दे सहमति कार्यान्वयन नभएपछि अध्यक्ष केपी शर्मा ओलीस“ग रावलको सम्बन्ध बिग्रिएको छ ।
दस बु“दे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाटसमेत राजीनामा दिनुभएको थियो । एमालेमा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा केही अघिसम्म रावल माधव नेपाल समूहमा हुनुहुन्थ्यो । तर माधव नेपालले नया“ पार्टी गठन गरेपछि रावल एमालेमै बस्नुभएको हो । नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हु“दैछ।
प्रतिक्रिया दिनुहोस्