काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले आइतबार सर्वोच्च अदालतमा दिएको धर्नालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताउनुभएको हो ।
न्यायपरिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत् आफूअनुकूलको काम गर्नसक्ने उहाँको भनाई छ । गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उहा“को आग्रह छ । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो । उहा“ले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल र संसदमा पनि जाने भन्दै त्यसअघि नै राजीनामा दिन चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्