काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताउनुभएको छ । रौतहटको कटहरियामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले माओवादी र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागे पनि जनताका तागतअघि उनीहरुको केही नलाग्ने बताउनुभयो ।
उनीहरु प्रचण्ड र माओवादीलाई माया गर्न चितवन गएका होइनन् बरु सिध्याउन गएका हुन् भन्दै अध्यक्ष प्रचण्डले जनताका अगाडि दुनिया“को कुनै पनि तागतको केही पनि नलाग्ने स्पष्ट जार्नुभयो । उहा“ले आफूहरुले जित्ने दावी गर्दै आउने निर्वाचनमा माओवादी पार्टी ६४ सालको जस्तै १ नम्बर पार्टी बन्ने पूरै सम्भावना रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले चितवनमा अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दैछन् भन्दै उहा“ले थप्नुभयो– ‘मैले उनीहरुलाई भनेको छु धन्यवाद तिमीहरुले चितवनलाई खुब माया गरेका छौ ।’ उहा“ले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।
संविधानमार्फत ग्यारेन्टी गरेको संघीयता, समावेशी, समानुपातिक अधिकारलाई बचाउन माओवादीले आगामी चुनाव जित्नु पर्ने भन्दै प्रचण्डले आक्रामक भएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको हो । सबै दलाल, गद्दार, भगौडा कायरहरुलाई हुंकार दिनुहोस् । आक्रमक ढंगले प्रस्तुत हुनुस् । डराउनु पर्ने कुनै कारण छैन । हामी छौं तपाईंहरुको साथमा । लड्न परे । मर्न परे सबभन्दा पहिला हामी मर्न तयार छौं । दृढताका साथ अगाडि बढ्नुस्’, कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन थियो ।
प्रतिक्रिया दिनुहोस्