ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए


एबीसी / संवाददाता
कार्तिक ३०, २०७८ मंगलबार   २ : ३६   बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुमध्ये ५ जना २२ दिनपछि इजलास फर्किएका छन् । राणाले राजीनामा नदिएसम्म इजलास नफर्किने न्यायाधीशहरुको अडानले एक सातासम्म सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएको थिएन । तर प्रधानन्यायाधीश राणासंगको वार्तापछि आन्दोलित न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्दै आएका थिए ।

राणाविरुद्ध मोर्चाबन्दी गरेका १८ न्यायाधीशमध्ये पा“च न्यायाधीश इजलास फर्किएर सामान्य मुद्दामा पनि सुनुवाइ थालेका हुन् । प्रधानन्यायाधीश राणाले सामान्य मुद्दामा पनि पेशी तोकेपछि न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीले संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ थालेका छन् । रेग्मी र केसीको संयुक्त इजालसमा आजका लागि बन्दी प्रत्यक्षीकरणका कुनै मुद्दा छैनन् । इजलासको पहिलो नम्बरमै रहेको प्रजिता थापा रायमाझीले सोहन थापासमेत विरुद्ध दायर गरेको पुनरावेदन फिर्ताको मुद्दामा आदेश जारी भएको छ । इजलासले प्रजिताको माग बमोजिम हुने गरी आदेश जारी गरेको हो ।

उनीहरुको इजलासमा लिखत दर्ता बदर, जालसाजी, उत्प्रेषणसहितका विभिन्न मुद्दा सुनुवाइका लागि तोकिएको छ । हिजोदेखि आन्दोलन छाडेर न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चु“डाल, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा काम फर्कने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group