इन्डोनेसिया । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६।१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।
ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ : ४५ बजेतिर भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्