ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज बिहान ११ बजेबाट सन्धुली सदरमुकाममा निषेधाज्ञा


एबीसी / संवाददाता
कार्तिक २४, २०७८ बुधबार   ३ : २९   बजे

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सदरमुकाममा सार्वजनिक कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा बिहान ११ बजेदेखि राती १२ सम्मका लागि तोकिएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाउने कि नबनाउने भन्ने विषयमा स्थानीयबीच विवाद बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

कमलामाई नगरपालिकाले सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि बनाएकामा अर्को पक्षले विरोध गरेपछि विवाद बढेको हो । पोखरेललाई मुख्य अतिथि बनाउने विषयमा विपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । यद्यपि, प्रशासनका कार्यालयले उक्त कारण खुलाएको भने छैन । कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेपनि सत्ता पक्षीय दलका कार्यकर्ताले आपत्ति जनाएका हुन् । सहमति जुटाउन प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सर्वदलीय बैठकमा राखे पनि सहमति नबनेपछि निषेधाज्ञा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group