काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले १५ जना न्यायाधीशहरूका लागि इजलास तोक्नुभएको छ । उहा“ले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोक्नुभएको हो । कुल ९ वटा इजलासमा उहाले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोक्नुभएको छ । एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश राणाले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राख्नुभएको छैन ।
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश राणाले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए । मंगलबार बैंकिङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरूले कुनै पनि मुद्दा सुनुवाइ गरेनन् । त्यसैले आज प्रधानन्यायाधीश राणाले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोक्नुभएन । भोलिदेखि भने चार दिन तिहार बिदा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्