ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी


एबीसी / संवाददाता

काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ । वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने झमेला पनि त्यस्तै रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरिरहेको २२० केभी सवस्टेशन निर्माणमा पनि निर्माण व्यवसायीको भूमिका कमजोर देखिएको छ । पटक–पटक म्याद थप गर्दासमेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाएको छ । उसले अब पनि तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी दिएको छ ।

सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार्न चार महिनाको अल्टिमेटम दिएको छ । खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली काठमाडौँ उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सवस्टेसन निर्माण सुरु गरिएको हो ।

प्राधिकरणले सो आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौँको लप्सीफेदीमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेशनको निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सवस्टेशन निर्माणस्थलको निरीक्षण गरी आगामी चार महिनाभित्र काममा सुधार नभए ठेक्का तोड्ने चेतावनी दिएको छ ।

“करिब दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति खासै देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, अब चार महिना हेर्छौं त्यसपछि पनि सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ”, निर्माण कम्पनीका प्रतिनिधिलाई कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार भएकाले अब कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टोली आएकाले अहिले काममा केही प्रगति देखिएको छ ।

कम्पनीले सवस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायत उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सवस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभीका पावर ट्रान्सफर्मर रहने छन् । बाह्रबिसे बजारबाट सवस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीर्ण रहेकाले निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीका लागि समस्या रहेको छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सवस्टेसनमा जोडिने छ ।

यसैगरी रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सवस्टेसनबाट बाह्रबिसे हुँदै काठमाडौँको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ टावरमध्ये ३५ टावरको मात्रै जग हालिएको छ भने छवटा उठाइएको छ । कूल ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य छ । सो लाइन बनाउने जिम्मा पनि बाह्रबिसे सवस्टेशनको ठेकेदारले नै पाएको थियो तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्रमा भारतीय कम्पनी केइसी इन्टरनेशनल छनोट भएको थियो ।

बाह्रबिसे–लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये हाल ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायत कारणले निर्माण प्रभावित भएको छ । भारतीय कम्पनी लार्सन एण्ड टर्वो ९एलएण्डटी०ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com