काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि कालोपट्टी बा“धेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ । बारले राणालाई राजीनामा दिन पा“च दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बा“धी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बा“धेर प्रदर्शन गरेको छ । कसैकसैले कालो र सेतोपट्टी दुबै बा“धेर प्रदर्शन गरेका छन् ।
नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बा“धेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् । यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाल लगायत हुनुहुन्छ । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भएपनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बा“धेर प्रदर्शन गरेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले पनि इजलास बहिस्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्