ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
कार्तिक १४, २०७८ आईतबार   २ : ४१   बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वास कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ ।

नेपालका लागि सर्वदलीय संसदीय समूह एपिपिजी–एन र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गर्नुभयो । यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले दुई देशका संसद्बीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो,“संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।”

नेपालको प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताउनुभयो । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौँदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उहाँको भनाइ थियो ।

“संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो” प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उहाँले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताउनुभयो । लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

बेलायतको संसद्मा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उहाँले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो । समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन कोप–२६ अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुग्नुभएको छ । आइतबार बिहान भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट्ने र लण्डनस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । आइतबार साँझ उहाँ स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नुहुनेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group