ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !


एबीसी / संवाददाता
कार्तिक १२, २०७८ शुक्रबार   ५ : ५४   बजे

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ ।

सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो । तर उहाँलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन् । यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो । “मैले डाक्टरलाई भेटेन, आगाडिकै पसलबाट किनेर ल्याएको हुँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन ।” निरोगिताको प्रमाणपत्र किनेर सवारी चालक अनुमतिपत्र नविकरण गर्न आवेदनसँगै पेश गरेको उहाँको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र लिन र नवीकरणका लागि आवश्यकपर्ने निरोगिताको प्रमाणपत्रको व्यापार भएको छ । निरोगिताको प्रमाणपत्रमा भएको खेलाचीले असक्षम व्यक्तिले सवारी चालक अनुमतिपत्र पाएका र अयोग्यको अनुमतिपत्र सहजै नवीकरण भएको छ । “कार्यालय छिर्न नपाउँदै भेटिएका व्यक्तिले डाक्टरसँग स्वास्थ्य परीक्षण नगराइ निरोगिताको प्रमाणपत्र दिए”, उहाँले भन्नुभयो, “त्यही कागज पेश गरेर सवारी चालक अनुमतिपत्र नवीकरण भयो ।” विचौलियाले चिकित्सकको दस्तखत गराएर पहिले नै निरोगिताको प्रमाणपत्र राखेका हुन्छन् ।

अनुसूचीमा विवरण भरेर तत्कालै निरोगिताको प्रमाणपत्र सहजै दिने गरेका छन् । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका नागरिकले सेवा लिने यातायात व्यवस्था कार्यालय बागलुङको प्रवेशद्वारमै विचौलिया त्रिपाल टाँगेर बसेका भेटिन्छन् । सवारी साधन दर्ता, नवीकरण, रुट परमिट जस्ता कामका लागि सेवाग्राहीबाट जथाभावी र मनोमानी शुल्क असुल्ने गरेका बेनीका साजन पुनले बताउनुभयो । “हामीले आफैँ कागजात तयार पारेर जाँदा कर्मचारीले वास्ता नै गर्दैनन्”, उहाँले भन्नुभयो, “छिटो र सजिलोका लागि जति खर्च लागे पनि विचौलीयाको सहयोग लिन बाध्य हुनुपरेको छ ।”

आफैँले आवेदन भरेर जाने सेवाग्राहीले कर्मचारीले कामै नगर्ने गुनासो सेवाग्राहीको छ । आवेदनको फाराम भर्ने, कागजात तयार पार्ने काम गर्दै आएकाले लिने शुल्कको दररेट निर्धारण नहुँदा मनोमानी हिसाबले रकम असुल्ने गरेका छन् । तोकिएको ढाँचामा चिकित्सकले प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र ल्याएर आउने सेवाग्राहीको काम रोक्न नमिल्ने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापामगरले बताउनुभयो ।

“कार्यालयमा डाक्टरको दरबन्दी छैन । मेडिकल काउन्सिलमा दर्ता भएको नम्बर, नाम र चिकित्सकको दस्तखत भएको प्रमाणपत्र ल्याएर आउनेको काम रोक्न मिलेन”, उहाँले भन्नुभयो, “कहाँबाट कसरी निरोगिताको प्रमाणपत्र ल्याउँछन्, त्यो हामीलाई जानकारी हुँदैन ।” हालै नयाँ भवनमा सरेकाले कार्यालयको संरचना र व्यवस्थापनमा सुधार गर्न बाँकी रहेको बताउँदै प्रमुख थापामगरले सक्षम सेवाग्राहीले कसैको सहयोगविना आफैँ आवेदन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको छु भन्नुभयो ।

सवारी चालक अनुमतिपत्र, सवारी धनी पुर्जा नवीकरणलगायतको काम अनलाइनका माध्यमबाट सुरु गराउन लागिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group