काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।
कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहनुभएको थियो । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहनुभएको बेला न्यौपानेले गएर उहां माथि दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उहांले कोट तानेको वकिलहरुले बताएका छन् ।त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्