ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतद्वारा फ्रान्सलाई माछाविवाद ‘अन्त्य गर्न’ आग्रह


एबीसी / संवाददाता
कार्तिक ११, २०७८ बिहीबार  ५ : ५८ बजे

लन्डन । पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ ।

बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भन्नुभयो, “हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ ।”

बुधबार फ्रान्सेली अधिकारीहरूले नोभेम्बर २ देखि बेलायती माछा निर्यातलाई लक्षित गर्ने उपायहरूबारे चेतावनी दिएका छन् । यसमा फ्रान्समा ल्याइएका उत्पादनहरूमा समय खर्च गर्ने सीमा नाका र स्वच्छता जाँच र समुद्री खाना अवतरणमा प्रतिबन्ध समावेश थियो ।

युरोप मन्त्री क्लेमेन्ट बिउनले यस महादेशको बेलायतको मुख्य व्यापारिक प्रवेशद्वारलाई खतरामा पार्दै च्यानल पार गर्ने “अन्य मालसामान“मा पनि अतिरिक्त जाँच विस्तार गर्न सकिने कुरा बताए र पेरिसले जर्सी ९विवादास्पद सामुद्रिक च्यानल० मा बिजुली आपूर्ति कम गर्ने धम्की पनि दिएको छ ।

“यस मामिलामा बेलायत सरकार विवादास्पद सामुद्रिक च्यानल जर्सीका बिषयमा खरो उत्रनेछ,” नेता जर्ज आस्टिसले भन्नुभयो । उहाँले बुधबारको बेलायतको भनाइलाई दोहो¥्याउँदै फ्रान्सेली चेतावनीहरू ‘निराशाजनक र असमान’ रहेको र यसबारे सरकारले उचित प्रतिक्रिया दिने बताउनुभयो ।

फ्रान्सेली माछा मार्ने डुंगाबाट लाइसेन्स आवेदन दिनका लागि ‘हामी प्रतिबद्ध छौँ साथै नयाँ जानकारीबारे विमर्श गरिरहेका छौं,” आस्टििसले थप्नुभयो । “हाम्रो तर्फबाट यसका लागि ढोका सधैं खुला रहन्छ ।”

बेलायतको यूरोपेली संघ ९इर्यू० बाट बहिर्गमनपछि यस वर्षको सुरुमा पूर्ण प्रभाव पारेको हुनाले बेलायतले ७३६ फ्रान्सेली जहाजहरूसहित आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न इयूका एक हजार ६७३ जहाजहरूलाई अनुमति पत्र प्रदान गरेको कुरा उहाँले बताउनुभयो । अहिले ईयू मुलुकका कूल १२१ वटा डुङ्गालाई बेलायतको तटबाट ६ देखि १२ किलोमिटर टाढा माछा राख्न अनुमति दिइएको छ । यसमा १०३ वटा फ्रान्सेली जहाजहरू पनि परिसकेका छन् ।

बेलायतले कूल ९८ प्रतिशत इयुको आवेदनलाई स्वीकार गरेको थियो र यस बिषयमा बेलायत ब्रसेल्स र पेरिस दुवैसँग ‘रचनात्मक वार्ता’ जारी राख्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com