लन्डन । पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ ।
बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भन्नुभयो, “हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ ।”
बुधबार फ्रान्सेली अधिकारीहरूले नोभेम्बर २ देखि बेलायती माछा निर्यातलाई लक्षित गर्ने उपायहरूबारे चेतावनी दिएका छन् । यसमा फ्रान्समा ल्याइएका उत्पादनहरूमा समय खर्च गर्ने सीमा नाका र स्वच्छता जाँच र समुद्री खाना अवतरणमा प्रतिबन्ध समावेश थियो ।
युरोप मन्त्री क्लेमेन्ट बिउनले यस महादेशको बेलायतको मुख्य व्यापारिक प्रवेशद्वारलाई खतरामा पार्दै च्यानल पार गर्ने “अन्य मालसामान“मा पनि अतिरिक्त जाँच विस्तार गर्न सकिने कुरा बताए र पेरिसले जर्सी ९विवादास्पद सामुद्रिक च्यानल० मा बिजुली आपूर्ति कम गर्ने धम्की पनि दिएको छ ।
“यस मामिलामा बेलायत सरकार विवादास्पद सामुद्रिक च्यानल जर्सीका बिषयमा खरो उत्रनेछ,” नेता जर्ज आस्टिसले भन्नुभयो । उहाँले बुधबारको बेलायतको भनाइलाई दोहो¥्याउँदै फ्रान्सेली चेतावनीहरू ‘निराशाजनक र असमान’ रहेको र यसबारे सरकारले उचित प्रतिक्रिया दिने बताउनुभयो ।
फ्रान्सेली माछा मार्ने डुंगाबाट लाइसेन्स आवेदन दिनका लागि ‘हामी प्रतिबद्ध छौँ साथै नयाँ जानकारीबारे विमर्श गरिरहेका छौं,” आस्टििसले थप्नुभयो । “हाम्रो तर्फबाट यसका लागि ढोका सधैं खुला रहन्छ ।”
बेलायतको यूरोपेली संघ ९इर्यू० बाट बहिर्गमनपछि यस वर्षको सुरुमा पूर्ण प्रभाव पारेको हुनाले बेलायतले ७३६ फ्रान्सेली जहाजहरूसहित आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न इयूका एक हजार ६७३ जहाजहरूलाई अनुमति पत्र प्रदान गरेको कुरा उहाँले बताउनुभयो । अहिले ईयू मुलुकका कूल १२१ वटा डुङ्गालाई बेलायतको तटबाट ६ देखि १२ किलोमिटर टाढा माछा राख्न अनुमति दिइएको छ । यसमा १०३ वटा फ्रान्सेली जहाजहरू पनि परिसकेका छन् ।
बेलायतले कूल ९८ प्रतिशत इयुको आवेदनलाई स्वीकार गरेको थियो र यस बिषयमा बेलायत ब्रसेल्स र पेरिस दुवैसँग ‘रचनात्मक वार्ता’ जारी राख्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्