ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले पालिका अधिवेशन : मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत


एबीसी / संवाददाता

कास्की, १० कात्तिक  :
नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।

मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन हुनुभएको छ । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ । यस्तै रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन हुनुभएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिनुभयो ।

यसैगरी पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकांक्षी हुनुहुन्छ । सहमति नबन्दा अधिवेशन एक दिनपछि सरेको हो ।

माछापुच्छ«े गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उहाँहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।

तनहुँका चार पालिकामा सर्वसम्मत

दमौली ः तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । शुक्लागण्डकी नगरको अध्यक्षमा मुक्ति तिमिलसिना र सचिवमा रघुनाथ पौडेललाई सर्वसम्मत चयन गरिएको छ । आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी, उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, सहसचिवमा जमालदिन मियाँ र पूर्णबहादुर आलेलाई चयन गरिएको छ ।

यस्तै बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, सहसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन हुनुभएको छ । भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयनको प्रयास भइरहेको छ । घिरिङ गाउँपालिकामा अधिवेशन कात्तिक १५ गतेसम्मलाई स्थन गरिएको छ । ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको भने मङ्गलबार अधिवेशन नगर्ने तय भएको थियो । ऋषिङमा कात्तिक ११, देवघाटमा १४ र म्याग्देमा १५ गते अधिवेशन हुने भएको छ ।

बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

गलकोट ः नेकपा (एमाले)को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दश पालिका रहेको जिल्लामा मङ्गलबार सात पालिकामा अधिवेशन सुरु भएको थियो । तमानखोला, ताराखोला, काठेखोला गाउँपालिका तथा ढोरपाटन र गलकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

गलकोट नपाको अध्यक्षमा पूर्ण काउचा, उपाध्यक्षमा तिला केसी, सचिवमा दानबहादुर श्रीस, उपसचिवमा पोस्टराज सुवेदी र लक्ष्मी सुनारलाई चयन गरिएको निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिनुभयो । त्यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गाबहादुर बगाले र उपसचिवमा डम्बरबहादुर छन्त्याल चयन हुनुभएको छ ।

यस्तै तमानखोलाको अध्यक्षमा तारानाथ श्रीपाली, उपाध्यक्षमा कुमबहादुर छन्त्याल, सचिवमा लीलबहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन हुनुभएको छ । काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा युक्तप्रसाद कँडेल, सचिवमा विधापती शर्मा, उपसचिवमा तिलबहादुर खड्का र नरबहादुर क्षेत्री चयन हुनुभएको छ ।

यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन, उपाध्यक्षमा निर्दोष विक, सचिवमा ज्ञानप्रसाद कँडेल, उपसचिवमा इन्द्र घर्तीमगर र हेमप्रसाद विक चयन हुनुभएको छ । बागलुङ नगरपालिका र बडिगाडमा सर्वसम्मतको प्रयास जारी छ भने निसीखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कात्तिक ११ गतेपछि अधिवेशन हुनेछ ।

म्याग्दीका चार पालिकामा नेतृत्व सर्वसम्मत

म्याग्दी ः नेकपा (एमाले)ले म्याग्दीका चार स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । रघुगङ्गा, मालिका, धवलागिरि र मङ्गला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

रघुगङ्गाको अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा गमबहादुर पुन, सचिवमा झलक शर्मा, उपसचिवमा यामकुमारी गर्बुजा र दीपा पुन चयन हुनुभएको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा दलमान पुन, सचिव सन्तनाथ सुवेदी, भुपेन्द्र दर्जी र उपसचिवमा धनबहादुर बोहोरालाई चयन गरिएको छ । मङ्गला गाउँपालिकाको अधयक्षमा सतप्रसाद रोका, उपाध्यक्ष चिरञ्जिवी शर्मा, सचिव दर्पण रोका र सहसचिवमा चक्रलाल पाण्डे चयन हनुुभएको छ ।

यस्तै धवलागिरि गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राजाराम सुवेदी, सचिवमा रेशम छन्त्याल, उपसचिवमा विजय घर्ती र तिलक पुन चयन हुनुभएको छ । बेनी नगरमा नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।

स्याङ्जाको नौ पालिकामा नेतृत्व चयन

स्याङ्जा ः स्याङ्जाको ११ मध्ये नौ पालिकामा नेकपा (एमाले)को नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाको फेदीखोला, आँधीखोला, हरिनास, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका, भिरकोट, गल्याङ र चापाकोट नगरपालिकामा नेतृत्व चयन प्रकिया सम्पन्न भएको छ ।

पुतलीबजार र वालिङ नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेकपा (एमाले) स्याङ्जाले जनाएको छ । पुतली बजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खड्का, अशोक शर्मा, भरत गोदारलगायतले अध्यक्षमा दाबी गर्नुभएको छ । वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वका लागि दाबी गर्नुभएको छ । सहमतिका आधारमा नेतृत्व चनयका लागि छलफल भइरहेको एमाले सचिवालय सदस्य राजेन्द्र डुम्रेले जानकारी दिनुभयो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com