काठमाडौं । पश्चिम बंगालको विधानसभाका तीन सिटमा भएका उप–चुनावको आज मतगणना भइरहेको छ । भवानीपुर, जांगीपुर र समसेरगंज सिटमा ३० सेप्टेम्बरमा मतदान भएको थियो । राज्यका मुख्यमन्त्री ममता बनर्जी भवानीपुर सिटमा उम्मेदवार छिन् । पछिल्लो परिणामअनुसार बनर्जी बीजेपी उम्मेदवार प्रियङ्का टिबरेवालसँग १२ हजारभन्दा बढी भोटले अघि रहेकी छन् । बाँकी दुई सिटमा पनि टीमसीकै अग्रता रहेको छ ।
३० सेप्टेम्बरमा ओडिसाको एक विधान सभा सिटमा पनि उपचुनाव भएको थियो । त्यसको नतिजा पनि आजै आउनेछ । चुनाव आयोगको वेबसाइट अनुसार ओडिसाको पिपली सिटमा बीजेडीका उम्मेदवार रुद्रप्रताप महारथी बीजेपीका उम्मेदवार अश्रित पटनायकभन्दा ५ हजार भोटले अघि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्