ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओली भन्छन्– विरोधीहरु म बाँचेकैमा चिन्तित छन् त के गरुँ ?


एबीसी / संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति विरोधी भएको बताउनुभएको छ । पार्टीको पहिलो विधान महाधिवेशनको समापन सम्बोधनमा आइतबार ओलीले विरोधी को हुन् भन्नेबारे शास्त्र पढ्न आवश्यक नभएको र एमालेस“ग लडिराखेका जति विरोधी भएकोबारे कार्यकर्ताहरूलाई स्पष्ट हुन आग्रह गर्नुभयो । ओलीले पार्टीको विरोधी को हो र को होइन भनेर अल्मलिन जरुरी नभएको पनि बताउनुभयो । कसैले गालामा हान्यो भने सिद्धान्त हेर्न नहुने भन्दै त्यसरी गालामा हान्ने व्यक्ति विरोधी भएको उहा“को भनाइ थियो । एमालेमा बिग्रिएका मान्छेहरू बाहिरिएको ओलीको भनाइ थियो । उहा“ले सप्रिएका जति सबै एमालेमै रहेको पनि बताउनुभयो ।

कतिपय स्थानीय तहमा रहेका नेता र कार्यकर्तालाई भ्रम र अलमलमा पारेर अर्कै पार्टीले लगेको हुन सक्ने भन्दै तिनलाई फिर्ता ल्याउन भूमिका खेल्न ओलीले निर्देशन दिनुभयो । एमाले काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा नया“ दल दर्ता गरी खोलेको ओलीको भनाइ थियो । विधान महाधिवेशनस्थल र शहरका विभिन्न भागमा अध्यक्ष ओलीका ठुल्ठूला तस्बिर र डमी लगाएर आफूलाई देवत्वकरण गरिएको भनेर आएका आलोचनाकोे जवाफ दिंदै ओलीले विरोधीले एमालेको एकता भा“ड्न त्यस्तो भ्रम फैलाएको दाबी गर्नुभयो । एमालेले कसैलाई कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण नगर्ने तर नेतृत्वका वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने बताउनुभयो । आफ्ना डमी बनाउने र ठुल्ठूला पोस्टर लगाउने कार्य नेतृत्वको वरिपरि पार्टी र आन्दोलन एकत्रित भएको रूपमा अथ्र्याउ“दै ओलीले पुष्पलालदेखि माओसम्मका उदाहरण दिनुभयो ।

नेपालमा कम्युनिस्ट नेताहरूलाई स्थापित हुन नदिएको ओलीको भनाइ थियो । उहा“ले मदन भण्डारी र पुष्पलाललाई स्थापित हुन नदिएको बताउनुभयो । ओलीले आफ्नो स्वास्थ्यलाई पनि आलोचनास“ग जोड्दै विरोधीहरू आफू बा“चेकोमा नै चिन्तित रहेको बताउनुभयो । आगामी महाधिवेशनबाट अध्यक्षका रूपमा दोहोरिनका लागि ७० वर्षे उमेर सीमामा संशोधन गरिएको भन्ने चर्चाका बीच ओलीले कार्यकर्ताहरूलाई एमालेलाई सुदृढ बनाएर छोड्ने दावी गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com