ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले ताइवानको आकासमा एकैपटक २५ वटा युद्ध विमान पठाएपछि….


एबीसी / संवाददाता

चीन । चीनले २५ वटा सैन्य विमान आप्mनो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । जनवादी गणतन्त्र चीन स्थापना दिवसकै दिन (शुक्रबार) चीनले ताइवानको स्वशासित टापु नजिकै एकसाथ २५ विमान पठाएर शक्ति प्रदर्शन गरेको थियो । त्यसप्रति ताइवानले आपत्ति जनाएको हो । चीनले भने विमान पठाइएको टापु क्षेत्रलाई आफ्नै क्षेत्र भएको दाबी गर्दै आएको छ । बेलायतले ताइवानमा दुई युद्धपोत पठाएको आरोप लगाएको अर्को साता चीनले पनि ताइवानमा २५ सैन्य विमान पठाएको हो ।

यसअघि पनि चीनले पटकपटक ताइवानको रक्षा क्षेत्रमा युद्ध विमान पठाइसकेको छ । जसको ताइवानले विरोध गर्दै आएको छ । ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान आप्mनोे रक्षा क्षेत्रमा पठाएको जनाएको छ । गत साता ताइवानले ट्रान्स प्यासिफिक व्यापार सम्झौतामा समावेश हुन आवेदन दिएपछि चीनले आप्mनो २४ विमान ताइवानको क्षेत्रमा पठाएको थियो । चिनिया नेताहरुले ताइवानलाई एक दिन कब्जा गर्ने प्रतिक्रिया दिदै आएका छन् । आवश्यक परेमा बलपूर्वक कब्जा गर्ने उनीहरुको चेतावनी छ ।

२०१६ मा ताइवानमा राष्ट्रपति निर्वाचनपछि चीनलाई दबाब बढ्न थालेको जानकारहरु बताउछन् । ताइवानमाथि चिनिया गतिविधिलाई लिएर अमेरिकाले भने चीनको आलोचना गर्दै आएको छ । ताइवानका नवनिर्वाचित राष्ट्रपति साइ इङ वेनसहितका नेताहरुले चीनबाट अब ताइवान स्वतन्त्र भएको प्रतिक्रिया दिन थालेपछि चीनले यस क्षेत्रमा थप गतिविधि बढाउदै लगेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com