ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घटनास्थलमा १५ तोला सुन, तीन लाख नगद र मोबाइल सेट फेला


एबीसी / संवाददाता

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका वडा न। १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक ९डिएसपी० लालध्वज सुवेदी ले जानकारी दिनुभयो । मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी लालध्वज सुवेदीको टोली त्यस्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा १५ तोला सुन सहित ३ लाख रुपैँया रकम फेला परेको ९डिएसपी० सुवेदीले बताउनुभयो ।

आइतबार राती भएको एकै परिवारका छ जनाको हत्यामा संलग्न अपराधी पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइ अनुसन्धानमा निरन्तर लागिरहेको जनाइएको छ । अनुसन्धानका क्रममा घटनास्थलबाट बेलुकीपख कुकुरले सर्च गर्ने क्रममा एक थान फोन समेत फेला परेको प्रहरी नायव उपरिक्षक ९डिएसपी० सुवेदीको भनाई छ ।

उहाँका अनुसार मंङ्गलबार विहान घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरिक्षक ९डिएपी० रुकमबहादुर कुँवरको कमान्डम रहेको टोली घटना स्थल पुगेर अनुसन्धानको प्रक्रियालाई झनै फराकिलो रुपमा अगाडि बढाइएपछि घटनास्थलबाट उक्त सामानहरु फेला फेला परेको जनाइएको छ । सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाएको छ ।

मादी नगरपालिका वडा न। १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता कार्कीे त्यस्तै छोरा ५२ वर्षिय तेज बहादुर कार्की, बुहारी ५२ वर्षिय कमला कार्की र नातीनी बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय नाती दिपेन कार्की र ७ वर्षिय नातीनी गोमा कार्की बारीमा सोमबार एकै दिन मृत अवस्थामा फेला परेका थिए । शवलाई मंगलबारनै पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ ।

अनुसन्धानका क्रममा मृतक तेजबहादुर कार्कीको धारिलो हतियार प्रयोग गरि हत्या भएको र अन्यको रड प्रहार गरि हत्या भएकोे खुलेको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिनुभयो । मृतक सवैको टाउको र शरीर भर चोट रहेको जनाइएको छ । उक्त घटनाबाट ८५ वर्षिय बौदमान कार्की बाँच्नु भएको छ । प्रहरीले लिएको जानकारी अनुसार बौदमान कान नसुन्ने र हल्का आँखा समेत देख्न नसक्ने भएकाले घटना कतिवेला भयो भन्ने कुनै जानकारी नभएको बताइएको छ ।

उक्त घटनामा संलग्नता दोशीको खोजी कार्य जारी रहेको र अपराधी पत्ता लगाएर चाँडै कारबाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धानमा लागि परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । घटनाको सत्य तथ्य छिटो भन्दा छिटो पत्ता लगाउन निरन्तर अनुसन्धान जारी राखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सोमबारबाटै सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन समेत गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com