ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचखालमा ‘स्टिम क्लब’मार्फत विद्यार्थीमा सकारात्मक सिकाइ बढाइने


एबीसी / संवाददाता
भाद्र २०, २०७८ आईतबार  २ : ४८ बजे

पाँचखाल २० भदौ  :
पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने भएको छ । यसका लागि नगरपालिका, किङ्स कलेज र कारखानाबीच त्रिपक्षीय सम्झौता गरिएको जनाइएको छ ।

सामुदायिक विद्यालयमा विज्ञानप्रविधि, इञ्जिनियरिङ, कला र गणित विषयमा सहकर्मीमा आधारित शिक्षण ‘मोडेल’अनुसार शैक्षिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो । विद्यार्थीमा विज्ञान–प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधिरित सिकाइलाई बढावा दिन र विद्यार्थीले स्थानीय समस्या पहिचान गरी विज्ञान तथा प्रविधिका माध्यमबाट समाधान गर्न अग्रसर गराउने उद्देश्यले त्रिपक्षीय सम्झौता गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

नगरप्रमुख खरेल, कलेजका अध्यक्ष नरोत्तम अर्याल र का रखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमबीच शिक्षण सिकाइसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सम्झौता गरिएको छ । विज्ञान–प्रविधि, इञ्जिनियरिङ, कला र गणितको ‘सर्टकट’ नाम स्टिम क्लब हो । “यो विधिमा शिक्षक नभए पनि विद्यार्थीका एक अर्का क्लब मिलेर अध्ययन गर्नेछन्”, खरेलले भन्नुभयो ।

उहाँका अनुसार विद्यार्थीले अन्यलाई सिकाउन मद्दत गरी आफ्नै शिक्षालाई सुदृढ पार्ने उद्देश्यले सम्झौता भएको उक्त कार्यक्रम प्रारम्भिक चरणमा नगरका पाँच विद्यालयमा सञ्चालन गरिनेछ । पहिलो चरणमा आजाद माध्यमिक विद्यालय बालुवा, पलाञ्चोक भगवती मावि, श्रीराम मावि कोशीदेखा, महाङ्काल मावि बेला र एक शिक्षण केन्द्र नगर कार्यालयमा स्थापना गरी सञ्चालन हुनेछ । पाँचखालमा ३८ विद्यालयमध्ये उच्च मावि सात, मावि छ, आधारभूत पाँच र २० प्रावि छन् ।

तोकिएका स्थानमा विद्यालयबाट १५ देखि २० विद्यार्थीको समूहबाट ‘कारखाना’ क्लब स्थापना हुनेछ । क्लबका सदस्य कारखानाबाट सञ्चालित शिक्षणमा सहभागी भई स्रोतसाधनको प्रयोगका माध्यमबाट स्टिम क्लब सञ्चालन गर्न सक्षम बन्नेछन् । साथै क्लबका सदस्यले विभिन्न विद्यालयका विद्यार्थीका लागि स्टिम मेलासम्बन्धी कार्यक्रम तथा डिजाइनमा प्रतिस्पर्धा गर्नेछन् । स्टिम क्लबले सहकर्मीमा आधारित शिक्षण मोडेल पालना गर्नुपर्नेछ ।

सहकर्मीमा आधारित शिक्षणका स्थान गैर–पदानु क्रमिक शिक्षा दृष्टिकोण भएकाले जहाँ विद्यार्थी आफ्नो र क्लबका साथीको शिक्षाका लागि जिम्मेवार बन्नुपर्ने हुन्छ । अर्यालयका अनुसार एक शिक्षकको अनुस्थितिमा विद्यार्थीले शैक्षिक लक्ष्य प्राप्ति गर्नका लागि एकअर्कासँग अन्तक्र्रिया गर्न सक्नेछन् । “यस शिक्षण विधिले विद्यार्थीमा औपचारिक निर्देशन र आँकलनको अभावमा पनि आफ्नै शिक्षामा उत्तरदायी रहन प्रोत्साहन गर्दछ” अर्यालले भन्नुभयो । उहाँका अनुसार यस मोडलबाट सार्वजनिक विद्यालयका विद्यार्थीले निकै राम्रो लाभ प्राप्त गर्न सक्नेछन् ।

यसविधिले विद्यार्थीले अरुलाई सिक्न मद्दत गरी आफ्नै शिक्षालाई सुदृढ पार्ने कारखानाका अधिकृत गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई कुनै विषयमा साथीसँग छलफल गर्न अधिक सहज र खुल्ला लाग्छ, समस्यालाई सामान्य रुपमा हल गर्न आफैं सक्षम बन्दै जान्छन् ।” उहाँका अनुसार विद्यार्थीमा विभिन्न विधिबाट सिकाइ अन्तरको समाधान गर्न अधिकतम् प्रयास हुनेछ भने विद्यार्थीमा सकारात्मक सिकाइ बढ्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com