ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किटाणुहरू जनावरबाट सर्ने गर्छन यसमा कुकुर पनि पर्दछ:घरमा कुकुर पाल्नुभएको छ?


एबीसी / संवाददाता

काठमाडौँ, १६ भदौ :
कतिपय मानिसहरूलाई घरमा जनावर पाल्ने शोख हुन्छ। कतिले आफ्नो शोख पुरा घरमा कुकुर, विरालो, मुसा, चरा, इत्यादी पालेका हुन्छन्। तर कार्निभोर मांसाहारी जनावर पाल्दा मानिसलाई रोग सर्ने सम्भावना बढि रहेको अध्ययनले देखाएको छ।

मानिसमा धेरैजसो ब्याक्टेरिया, भाइरस जस्ता किटाणुहरू यिनै जनावबाट सर्ने गरेको पाइन्छ। घरमा यस्ता जनावर पाल्दा मानिसमा विभिन्न किसिमको रोग सर्नु स्वभाविक हो।

सार्स–कोभ–२ ९कोभिड–१९० तथा साल्मोनेला नामक रोगहरू मानिस भन्दा पहिले जनावरमा सर्ने गर्दछ। जनावबाट यसले रूप परिवर्तन गरेर मानिसमा सारेको अध्ययनमा उल्ललेख छ।

झण्डै ४९ प्रतिशत मांसाहारी जनावरहरु जसमा मिंक तथा कुकुरहरु पनि पर्दछ, उनीहरुमा जुनोटिक प्याथोजिन– जनावरबाट मानिसमा सर्नसक्ने भाइरस तथा व्याक्टेरिया हुने गर्दछ। यसमा चमेरो पनि पर्दछ।

त्यस्ता जनावरले जुनोटिक प्याथोजिनहरू किन बोकेका हुन्छन्रु भन्ने तथ्य हालसम्म पनि पत्ता लगाउन सकेको छैन। तर वैज्ञानिकहरुको अनुमानका अनुसार जनावरहरुमा छुट्टै खालका इम्युन सिस्टम हुन्छन्। यि जनावरूले प्राकृतिक रुपमै यस्ता भाइरस र ब्याक्टेरिया बोकेका हुन्छन्।

जुनोटिक प्याथोजिनहरूले कार्निभोर जनावरहरूमा कस्तो व्यवहार देखाउँछ भनेर पत्ता लगाउन सके मानिसमा सर्नबाट जोगाउन सकिने वैज्ञानिकहरुको भनाई छ।

हालसालै क्यम्ब्रिज विश्वविद्यालय बेलायतले गरेको अध्ययनका अनुसार कार्भिभोर जनावरहरुमा जुनोटिक प्याथोजिन जस्ता किटाणु पत्ता लगाउने र उक्त किटाणुहरूसँग लड्न सक्ने जीनको अभाव रहेको छ।

‘जनावरहरुमा किटाणुबाट बचाउने जीन नै नरहेको पत्ता लगाएका छौं,’ विश्व विद्यालयका भेटनरी मेडिसिन विभागका प्रमुख प्राडाक्लेर ब्रायन्टले बताए।

‘त्यस्तो जीनको कमीले गर्दा किटाणुहरु जनावरको शरीरमा लुकेर बस्ने गर्दछन् र म्युटेन्ट हुने गर्दछन्। म्युटेट भएका भाइरस पछि मानिसमा सर्ने बढि सम्भावना हुन्छ,’ उनले भनिन्। अध्ययन सेल्स रिर्पोटमा प्रकाशित गरिएको छ।

उनीहरुमा इम्युनिटिसँग सम्बन्धित विभिन्न खालका जीनहरु रहेको अध्ययनले देखाएको छ। मानिसमा हुने ‘एस टाइफिम्युरियम’ नामक ब्याकटेरिया –जसले ग्यास्ट्रोइन्टेरिटिस गराउँछ – कुकुरकोे जीनमा राखिएको थियो।

जेनेटिक विश्लेषण गर्दा संक्रमण पत्ता लगाउने जीन नै हराएको देखियो। पहिले कुकुरलाई स्वास्थ्य राख्ने तीन जीन थिए भने पछि ती सबैले काम गर्न छोडेका थिए। एउटा जीनले भने उक्त ब्याक्टेरियालाई म्युटेट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

सिंगो महाकाली नेपालको हो, भारतले बलियोपन देखाएर हेप्यो (भिडियो) – वरिष्ठ पत्रकार रिसाल

साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भयो – वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा

छालाको सुरक्षा कसरीगर्ने सौन्दर्यबिद अनिलकुमार भट्ट के भन्नुहुन्छ

पिसाब चुहिने समस्या र उपचार

घरको भर्याङ कस्तो हुनुपर्छ 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com