ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालिबान: नेता को ? हिबातुल्लाह अखुन्दजादा र मुल्लाह गनी बरादरमध्ये कसले सम्हाल्लान् अब अफगान सरकार ?


एबीसी / संवाददाता
श्रावण ३२, २०७८ सोमबार  १२ : ४३ बजे

काठमाडौं, ३२ साउन ।  अफगानिस्तानको विद्रोही समूह तालिवानले देशका सबै प्रमुख शहरहरु र राजधानी काबुलसमेत कब्जामा लिएको छ । राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडिसकेका छन् । पुरानो सत्ता ढलेसँगै अब अफगानिस्तानको सत्ता कुन तालिवानी नेताले सम्हाल्लान् त ?

तालिवानको नेतृत्व गर्दै आएका मुल्ला अब्दुल घानी बरादर र हिब्तुल्लाह अखुदजादा मध्ये एकले सत्ता सम्हाल्न सक्ने बीबीसीले जनाएको छ ।

को हुन् मुल्ला अब्दुल घानी बरादर ?

मुल्ला सन् १९९४ मा तालिवान समूहको गठन गर्ने चार जनामध्ये एक नेता हुन् । उनीसहित अन्य तीन जना मिलेर तालिवान समूहको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हराएपछि उनी नेटो सैन्य बलको विरुद्ध विद्रोहको प्रमुख बनेका थिए ।

पछि सन् २०१० को फेब्रअरीमा अमेरिका र पाकिस्तानले गरेको संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची शहरबाट पक्राउ परेका थिए ।

सन् २०१२ सम्म मुल्लाका बारेका खासै चर्चा थिएन । अफगानिस्तानी सरकारलाई शान्ति वार्ताका लागि बन्दीहरुको रिहाईको माग गरिएको समयमा मुल्लाको नाम सबैभन्दा अगाडि आउने गथ्र्यो ।

सन् २०१३ को सेप्टेम्बरमा पाकिस्तानी सरकारले उनलाई रिहा गरिदिएको थियो । तर, त्यसपछि उनी पाकिस्तानमै रहे वा अन्यत्र गए भन्ने विषय भने अस्पष्ट थियो ।

मुल्ला बरादर तालिवानी नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा नजिकका थिए । उनीमाथि मुल्ला मोहम्मद उमरको भरोसा थियो ।

मुल्ला मोहम्मदर उमर पक्राउ परेपछि मुल्ला बरादर तालिवानको दोस्रो सबैभन्दा ठूला नेता थिए । अफगानी प्रशासनका वरिष्ठ अधिकारीहरुले मुल्ला बरादरले शान्ति वार्ताका लागि तालिवानी नेताहरुलाई सहमत गराउन सक्छन् भन्ने विश्वास लिएका थिए ।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नका लागि तालिवानको कार्यालय खुलेपछि उनलाई तालिवानको राजनीतिक दलको प्रमुख बनाइयो । मुल्ला बरादर अमेरिकासँग वार्तासँग वार्ता गर्न सकारात्मक रहँदै आएका छन् ।

सन् १९९४ मा तालिवानको गठन गरेपछि उनले कमाण्डर र रणनीतिकारको भूमिका निर्वाह गरेका थिए । उनी मुल्ला उमरको नेतृत्वकालमा तालिवानका लागि फण्ड जुटाउने र नियमित कार्यक्रमका प्रमुख थिए । उनले अफगानिस्तानको सबै युद्धहरुमा तालिवानका तर्फबाट अहम भूमिकामा रहँदै आएका छन् । पछिल्लो समय उनी काबुल क्षेत्रमा सक्रिय थिए ।

तालिवानलाई सत्ताबाट हटाएपछि उनी तालिवान विद्रोही संगठनको प्रतिनिधि रक्षा मन्त्री थिए । उनलाई गिरफ्तार गरेको समयमा अफगानिस्तानका एक अधिकारीले बीबीसीलाई भनेका थिए, ‘उनकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिवानको सबै हिसाब–किताब उनी नै राख्ने गर्छन् । उनी अफगानी फोर्सको विरुद्ध सबैभन्दा खुङखार हमलाको नेतृत्व गर्थे ।’

तालिवानका अन्य नेताहरुलाई जस्तै मुल्ला बरादरलाई पनि संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको थियो । उनीमाथि विदेश यात्रा गर्न र हतियार खरिद गर्न प्रतिबन्ध थियो ।

सन् २०१० मा पक्राउ पर्नुभन्दा पहिले उनले सार्वजनिक बयान दिएका थिए । उनले सन् २००९ मा इमेलमार्फत न्यूजवीक पत्रिकालाई जवाफ पनि दिएका थिए ।

अफगानिस्तानमा भएको अमेरिकाको उपस्थितिमाथि पनि उनले प्रतिक्रिया जनाएका थिए । उनले अमेरिकाले धेरैभन्दा धेरै नोक्सान पुर्याउन चाहेको समेत उल्लेख गरेका थिए ।

उनले आफ्नो जमिनमा दुश्मनको अन्त्य नभएसम्म जिहाद ९मुश्लिम धर्मअनुसार दुष्टहरुको विनाशका लागि धार्मिक युद्ध० चलिरहने बताएका थिए ।

इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्ला वीटमाक गाउँमा सन् १९६८ मा भएको थियो । उनको सम्बन्ध दुराणी आदिवासी समुदायसँग भएको अनुमान गरिन्थ्यो । पूर्वराष्ट्रपति हामिद करजई पनि दुराणी थिए ।

हिब्तुल्लाह अखुदजादा

​

हिब्तुल्लाह अखुदजादा अफगानिस्तानको तालिवानका नेता हुन् । इस्लाम धर्मका विद्वान उनी कन्दाहारसँग सम्बन्ध राख्छन् । उनले तालिवानलाई दिशानिर्देश गरेको र वर्तमान अवस्थासम्म ल्याएको विश्वास गरिन्छ । काबुलपछिको सबैभन्दा ठूलो शहर कन्दाहारमा तालिवान समूहको पकड बनाउन उनको ठूलो हात छ ।

सन् १९८० को दशकमा उनले सोभियत संघको विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनको परिचय सैन्य कमाण्डरभन्दा धार्मिक विद्वानको रुपमा दिइन्छ । उनी अफगानिस्तानको तालिवान समूहको शीर्षनेता बन्नुअघि धर्मसँग जोडिएका तालिवानका सबै आदेशहरु दिने गर्थे ।

उनले हत्यारा, अवैध सम्बन्ध राख्ने व्यक्ति, चोरी गर्ने आदिको हात काटेर सजायँ दिनुपर्ने आदेश दिएका थिए । हिब्तुल्लाह तालिवानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरका प्रतिनिधि पात्र थिए ।

मन्सुरको सन् २०१६ को अमेरिकी ड्रोन हमलामा मृत्यु भयो । मन्सुरले हिब्तुल्लाहलाई आफ्नो हकदार घोषित गरेका थिए ।

पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेट तालिवानी शीर्षनेताहरुसँग भएको थियो । उक्त भेटमा उनलाई तालिवानी नेताहरुले तालिवानको प्रमुख बनाएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार विरासतको पत्र उनलाई नियुक्तिको वैधानिकता दिनका लागि थियो । यद्यपि, उनको चयन सर्वसम्मत भएको फैसला भनिएको थियो ।

करिब आठ वर्ष हिब्तुल्लाहले अफगानिस्तानमा बिताए । उनको क्वेटामा शुरा समूहसँग पनि नजिकको सम्बन्ध रह्यो । हिब्तुल्लाहको नाम मायने हो । उनी नुरजाई कबीलेसँग सम्बन्ध राख्छन् ।

विविसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com