ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज साउनको तेस्रो सोमबार, शिवालय क्षेत्रमा चहलपहल


एबीसी / संवाददाता

काठमाडौं । साउने सोमबारका दिन मिथिला क्षेत्रका शिवालय परिसर भरिभराउ र सजिसजाउ छन् । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर रमणीय देखिन्छ । जिल्लाको टुटेश्वर वनक्षेत्र पनि आज पनि राताम्य देखिएको छ ।

टुटेश्वरचोकबाट आठ किलोमिटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिरमा राता बस्त्रधारी यात्रुको आवतजावतले त्यहाँको परिवेश नै राताम्य देखिएको हो । मडाहा नदी किनारमै चुरे पहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित सो मन्दिर वरपर आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोकदेखि मन्दिरसम्मै पूरै सडक ढाकेर बोलबमको नारा लगाउँदै राता, पहेंला वस्त्रमा सजिएर हिँडने भक्तजनको पङ्क्ति देखिएको छ ।

सौरमासअनुसार गत ४ गतेदेखि नै पहिलो सोमबार शुरु भए पनि मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको विशेष महत्व हुने भएकाले दर्शनार्थीको भीड साउन ११ गते सोमबारदेखि मात्र शुरु भएको हो । सौरमासको गणनाले आज साउनको तेस्रो सोमबार भए पनि सौरमास र चन्द्रमास दुवैभित्र परेको भने आज दोस्रो सोमबार हो । यसपाली सौरमासअनुसार साउन ४, ११, १८ र २५ गते चारवटा सोमबार, चन्द्रमासअनुसार साउन ११, १८ र २५ गते गरी तीनवटा सोमबार परेको र दुवैमासमा तीनवटै अर्थात ११, १८ र २५ गते सोमबार परेका छन् । सिमसिम पानी परेर प्रचण्ड घामको ताप छलेकाले पनि आज दर्शनार्थीको सङ्ख्या निकै बढेको टुटेश्वर बस्तीका भुवन महत बताउनुहुन्छ ।

शिवलिङ्गमा जल चढाउन नजिकैको मडहा नदीबाट जल ल्याउन सकिने भएकाले पनि धेरैजसो भक्तले रातु र कमला नदीबाट जल भरेर ल्याउने गरेका छन् । आज ६० किमी दूरीको उत्तरायणी ९उत्तरतर्फ बगेको० कमला नदीबाट जल लिएर दर्शन गर्न आउने डाक बम ९सोमबार नै जल भरेर उसै दिन शिवलिङ्गमा जल चढाउन नाङ्गो खुट्टाले हिँडैरै आउने भक्त० को सङ्ख्या पनि दुई हजार नाँघिसकेका मन्दिर व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएका उहाँको भनाइ छ  टुटेश्वरनाथमा दर्शन गर्न आउनेमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा र सप्तरी जिल्लासहित छिमेकी देश भारतको विहार र उत्तरप्रदेश प्रान्तका भक्त पनि सम्लग्न छन् । घना वनक्षेत्रभित्र आठ किलोमीटर बाटो पैदल यात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पाहाडको रमाइलो थुम्को रमणीय भएकाले पनि यो धार्मिकस्थलको आकर्षण बढेको विहार राज्यको शिवहर जिल्लाका भक्त शिवदयाल दास बताउनुहुन्छ ।

त्यसैगरी टुटेश्वरवासीको अतिथिप्रति सद्भाव, स्नेह र सहयोगी भावले पनि यो ठाउँ भक्तजनकोको रोजाइमा पर्ने गरेको यसपाली पाँचौँ पटक यहाँ आउनुभएका भारतकै सीतामढी जिल्लाको नोचा डिमाहीका रामसेवक महतोको धारणा छ । सोमबारे मेलाका अवसरमा आज टुटेश्वरका अतिरिक्त जिल्लाका भङ्गाहा–५ स्थित सिद्धनाथ महादेब मन्दिर, जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर र मगरथानास्थित मङ्गलनाथ महादेब मन्दिरमा पनि भक्तजनको निकै घुइँचो छ । यस पर्वले एकअर्को प्रदेशको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । अहिले प्रदेश नं। ३ को सिन्धुली जिल्ला दूधौली नगरपालिका–२ हतपतेको लङ्गुरस्थानस्थित दूधेश्वरनाथ मन्दिर पुग्ने प्रदेश नं।२ का भक्तको सङ्ख्या उल्लेख्य छ । त्यसैगरी प्रदेश नं १ र ३ का भक्तजन महोत्तरीका शिवालयमा बाक्लै भेटिएका छन् । हिन्दू परम्परामा साउनको सोमबारका दिन शिवलिङ्गमा जल र पूmल चढाएर ब्रत बसे पुण्य हुने जनविश्वास छ । शिवालयमा हुने भक्तजनको जमघटलाई पर्यटन प्रवद्र्धनमा जोड्ने काम नभएको जिल्लाका बुद्धिजीवीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com