ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘युवा दुव्र्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’– विकासमन्त्री बुढाक्षेत्री


एबीसी / संवाददाता
श्रावण १४, २०७८ बिहीबार   ३ : ४४   बजे

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गर्नुभएको छ । विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधबार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले युवा घर,समाज र मुलुक निर्माणको महत्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुव्र्यसनीको शिकार बन्दै गएका र यसबाट समाजलाई ठूलो क्षति पुग्ने बताउनुभयो ।

युवालाई उद्यममा अग्रसर गराउन सके सरकारले सहुलियत कर्जा, ब्याजमा अनुदानजस्ता युवामैत्री कार्यक्रम अघि सारेको छ भन्दै मन्त्री बुढाक्षेत्रीले हरेक क्षेत्रमा पछि परेको कर्णालीका युवा उद्यमतर्फ लागे प्रदेश सरकार र आफ्नो मन्त्रालय सहयोग र समन्वय गर्न तयार रहेको जानकारी जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्ता र उपचार तथा क्षति न्यूनीकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकाले युवा लक्षित कार्यक्रममा समन्वय गर्न आफूहरु तयार भएको रिकभरिङ नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले जनाउनुभयो ।

रिकभरिङ महासङ्घले विश्वभर ११ करोडभन्दा बढी व्यक्तिले सुईबाटै लागुऔषध सेवन गर्ने गरेको अनुमान गरेकोे र त्यीमध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकाले सरोकारवालाले बेलैमा ध्यान नपु¥याए ठूलो समस्या आउन सक्ने जनाएको छ ।

वडापालिकामा इसिजी र भिडियो एक्सरे सेवा शुभारम्भ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतस्थित लाटीकोइली स्वास्थ्य चौकीमा इसिजी तथा भिडियो एक्सरे सेवा शुरु गरिएको छ । नगरप्रमुख देवकुमार सुवेदीले बुधबार सो सेवा शुभारम्भ गर्दै स्रोत साधन र दक्ष कामदारको अभावमा पनि यस स्वास्थ्यचौकीले माथिल्लो स्तरको सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्रथामिकतामा राखिएको जानकारी दिनुभयोे ।
स्वास्थ्यचौकीले शुभारम्भ गरेको विशेषज्ञ स्वास्थ्य सेवाबाट सात हजार २२७ जना लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group