ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘युवा दुव्र्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’– विकासमन्त्री बुढाक्षेत्री


एबीसी / संवाददाता
श्रावण १४, २०७८ बिहीबार  ३ : ४४ बजे

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गर्नुभएको छ । विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधबार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले युवा घर,समाज र मुलुक निर्माणको महत्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुव्र्यसनीको शिकार बन्दै गएका र यसबाट समाजलाई ठूलो क्षति पुग्ने बताउनुभयो ।

युवालाई उद्यममा अग्रसर गराउन सके सरकारले सहुलियत कर्जा, ब्याजमा अनुदानजस्ता युवामैत्री कार्यक्रम अघि सारेको छ भन्दै मन्त्री बुढाक्षेत्रीले हरेक क्षेत्रमा पछि परेको कर्णालीका युवा उद्यमतर्फ लागे प्रदेश सरकार र आफ्नो मन्त्रालय सहयोग र समन्वय गर्न तयार रहेको जानकारी जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्ता र उपचार तथा क्षति न्यूनीकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकाले युवा लक्षित कार्यक्रममा समन्वय गर्न आफूहरु तयार भएको रिकभरिङ नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले जनाउनुभयो ।

रिकभरिङ महासङ्घले विश्वभर ११ करोडभन्दा बढी व्यक्तिले सुईबाटै लागुऔषध सेवन गर्ने गरेको अनुमान गरेकोे र त्यीमध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकाले सरोकारवालाले बेलैमा ध्यान नपु¥याए ठूलो समस्या आउन सक्ने जनाएको छ ।

वडापालिकामा इसिजी र भिडियो एक्सरे सेवा शुभारम्भ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतस्थित लाटीकोइली स्वास्थ्य चौकीमा इसिजी तथा भिडियो एक्सरे सेवा शुरु गरिएको छ । नगरप्रमुख देवकुमार सुवेदीले बुधबार सो सेवा शुभारम्भ गर्दै स्रोत साधन र दक्ष कामदारको अभावमा पनि यस स्वास्थ्यचौकीले माथिल्लो स्तरको सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्रथामिकतामा राखिएको जानकारी दिनुभयोे ।
स्वास्थ्यचौकीले शुभारम्भ गरेको विशेषज्ञ स्वास्थ्य सेवाबाट सात हजार २२७ जना लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com