ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा तीन दिन अघि सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लियो


admin

काठमाडौ, १६ पुस । इरानमा गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

सरकार विरोधी प्रदर्शन अव्यवस्थित बन्दै गएपछि हिंसात्मक घटना भएको हो । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो । राजधानी तेहरानसहितका देशका धेरै शहरमा प्रदर्शन भएको छ । इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००९ मा विवादित चुनावपछि ठूलो प्रदर्शन भएको थियो । दुईजना प्रदर्शनकारीको ज्यान गएको दाबी गरिएको छ । दोरुद शहरमा भएको प्रदर्शनको क्रममा गोली लागेर उनीहरुको ज्यान गएको हो । प्रदर्शन चर्कि“दै गएको र सरकारी सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाएको बताइए पनि यकिन विवरण भने आएको छैन । सरकारी पक्षबाट आधिकारिक जानकारी नदिइएको र जानकारीका लागि सामाजिक सञ्जालको भर पर्नु परेकाले समस्या भएको बिबिसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेको थियो । तर सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ । देशको अर्थ व्यवस्थामा आएको समस्याका कारण राष्ट्रपति हसन रुहानी समस्यामा छन् । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि हसन थप समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

सम्बन्धित

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशमा संघीय अदालतको रोक

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो

गत वर्ष ट्रम्पमाथि गोली प्रहार भएको घटनामा सेक्रेट सर्भिसका छ जना १० देखि ४२ दिनसम्म निलम्बित

एनभिडिया विश्वको पहिलो ४ ट्रिलियन डलरको कम्पनी बन्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com