ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असोज १७ राजनीतिक भूकम्प थियो, अहिले एफ्टर शक चलिरहेको छ : प्रदीप ज्ञावली (भिडियो)


ABC NEWS
पुस १६, २०७४ आईतबार   ११ : ४७   बजे


काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले नेपालको बाम आन्दोलनमा “आसोज १७ राजनीतिक महाभूकम्प थियो, अहिलेको दुष्प्रचार त्यसकै एफ्टर शक भएको बताएका छन् । ज्ञावलीले नेपालमा बामपन्थी पार्टी फुटाएर र लडाएर रमाएको शक्ति तिल्मिलाएकाले बाम एकता विरोधी दुष्प्रचार चलिरहेको बताए ।
एमाले र माओवादी बीचको पार्टी एकतामा नेताहरुको स्थान कसको कहां पर्छ भन्ने संशय र त्रास बढीरहेका बेला एमाले सचिव प्रदीप ज्ञावलीले एकताको महान उद्धेश्य सफल पार्न आफू साधारण सदस्य भएर पनि बस्न तयार रहेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै ज्ञावलीले भने एमाले र माओवादी मध्ये एउटाले अर्कोलाई निल्ने तहमा पनि पुगिएको थियो । तर स्थितिले निल्न नसकेपछि मिल्न आइपुगेको जस्तो बनाएको छ । उलने भने एकता प्रमुख कुरा हो बांकी सबै तपसिलका विषय हुन् । ओली र प्रचण्डले जे निर्णय गर्छन त्यो सबैले मान्ने अवस्था भएकाले एकता कुनै पनि हालतमा रोकिने अवस्थामा छैन ।

ज्ञवालीले चुनावका बेलाको सन्दर्भ समेत कोट्याउंदै भने दुवैतिरका कार्यकर्ता र समर्थकको सम्वन्ध कस्तो होला भनेको त चुनावका बेलामा को एमाले हो को माओवादी हो छुट्याउन नै नसकिने गरी एकता भएको देखियो ।
तल्लो तहमा कार्यकर्ता र समर्थकको बीचमा गज्जबको रसायन भइसकेको बताउंदै ज्ञावलीले अब एकताबाट कोही पछि हट्न खोजे इतिहास र जनताले माफी नदिने चेतावनी दिए ।
ज्ञावलीका अनुसार एकताका लागि सैद्धान्तिक आधारका रुमपा संयुक्त चुनावी घोषणापत्रमा नै धेरै कुरा स्पष्ट गरिएको छ । “इतिहासको मूल्यांकनमा अल्मलिएर बर्तामानको कार्यभार पूरा गर्नबाट बञ्चित हुन सकिंदैन“ ज्ञावलीले भने ।
भारतीय संस्थापन अझै पनि बामपन्थी शक्ति फुटाउन सकिन्छ कि भनेर ढुकिरहेको बताउंदै ज्ञावलीले भने “आसोज १७ राजनीतिक झट्का थियो, अहिलेको दुष्प्रचार त्यसकै एफ्टर शक हो ।“
ज्ञावलीसंगको अन्तर्वार्ता शनिबार राती ९ बजे प्रसारण भएको छ । यो अन्तर्वार्ता एबीसी टेलिभिजनको अफिसिएल फेसबुक. पेज facebook.com/abc television nepal र youtube.com/abc news nepal मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group