ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म पार्टी एकताका लागि साधारण सदस्य बन्न तयार छु : प्रदीप ज्ञवाली, सचिव एमाले (भिडियो वार्ता)


ABC NEWS
पुस १६, २०७४ आईतबार   ६ : ३३   बजे

काठमाडौं । एमाले र माओवादी बीचको पार्टी एकतामा नेताहरुको स्थान कसको कहां पर्छ भन्ने संशय र त्रास बढीरहेका बेला एमाले सचिव प्रदीप ज्ञावलीले एकताको महान उद्धेश्य सफल पार्न आफू साधारण सदस्य भएर पनि बस्न तयार रहेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै ज्ञावलीले भने एमाले र माओवादी मध्ये एउटाले अर्कोलाई निल्ने तहमा पनि पुगिएको थियो । तर स्थितिले निल्न नसकेपछि मिल्न आइपुगेको जस्तो बनाएको छ । उलने भने एकता प्रमुख कुरा हो बांकी सबै तपसिलका विषय हुन् । ओली र प्रचण्डले जे निर्णय गर्छन त्यो सबैले मान्ने अवस्था भएकाले एकता कुनै पनि हालतमा रोकिने अवस्थामा छैन ।

ज्ञवालीले चुनावका बेलाको सन्दर्भ समेत कोट्याउंदै भने दुवैतिरका कार्यकर्ता र समर्थकको सम्वन्ध कस्तो होला भनेको त चुनावका बेलामा को एमाले हो को माओवादी हो छुट्याउन नै नसकिने गरी एकता भएको देखियो ।
तल्लो तहमा कार्यकर्ता र समर्थकको बीचमा गज्जबको रसायन भइसकेको बताउंदै ज्ञावलीले अब एकताबाट कोही पछि हट्न खोजे इतिहास र जनताले माफी नदिने चेतावनी दिए ।
ज्ञावलीका अनुसार एकताका लागि सैद्धान्तिक आधारका रुमपा संयुक्त चुनावी घोषणापत्रमा नै धेरै कुरा स्पष्ट गरिएको छ । “इतिहासको मूल्यांकनमा अल्मलिएर बर्तामानको कार्यभार पूरा गर्नबाट बञ्चित हुन सकिंदैन“ ज्ञावलीले भने ।
भारतीय संस्थापन अझै पनि बामपन्थी शक्ति फुटाउन सकिन्छ कि भनेर ढुकिरहेको बताउंदै ज्ञावलीले भने “आसोज १७ राजनीतिक झट्का थियो, अहिलेको दुष्प्रचार त्यसकै एफ्टर शक हो ।“
ज्ञावलीसंगको अन्तर्वार्ता शनिबार राती ९ बजे प्रसारण भएको छ भने पुन प्रसारण आइतबार विहान ७ बजे र दिउंसो २ बजे प्रसारण हुन्छ । अन्तर्वार्ता एबीसी टेलिभिजनको अफिसिएल फेसबुक पेज facebook.com/abc television nepal र youtube.com/abc news nepal मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group