ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अकस्मात गृहमन्त्रीले किन बोलाए सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई काठमाडौंमा ?


एबीसी / संवाददाता

काठमाडौँ, ६ असार । गृहमन्त्री खगराज अधिकारीले नेपालका सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई हिजो अकस्मात काठमाडौँ बोलाउनुभएको छ । ती मन्त्रीहरु आजै बिहान काठमाडौँ आइपुगे र अहिले गृहमन्त्री अधिकारी र ती सात मन्त्रीहरको बैठक सिंहदरबारमा जारी छ ।

गृहमन्त्री अधिकारीले हिजो ती मन्त्रीहरुलाई बोलाउनुभको थियो । उहाँले सबैलाई आफैले फोन गरेर बैठकका लागि भन्दै बोलाउनुभएको हो । उनीहरु आजै काठमाडौं आएकोले अहिले सिंहदरबारमा बैठक शुरु भएको छ । खासमा उहाँले विपद् ब्यवस्थापनका बारेमा आवश्यक छलफल गर्ने र तयारीका बारेमा केन्द्र सरकारको निर्देशन दिनका लागि ती मन्त्रीहरुलाई काठमाडौँ बोलाएका बुझिएको छ ।

अघि शुरु भएको सो बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी रहेका बुझिएको छ। उता यसअघि गत शुक्रवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शीतल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको थियो । त्यस लगत्तै हिजो गृहमन्त्री अधिकारीले सबै प्रदेशका आन्तरिक व्यवस्था मन्त्रीहरुलाई बैठकका लागि बोलाउनुभएको थियो । मन्त्री अधिकारीले यो बैठक हालै देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वयका लागि यो बैठक बोलाएको भनिए पनि निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नुभएको छ । सरकारले कात्तिक २६ र मंसिर ३ का लागि आम निर्वाचनको प्रस्ताव गरेको छ । हुनत प्रधानमन्त्रीको यस कदमका विरुद्धमा परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । तर पनि यता सरकारले भने आम निर्वाचनको तयारी गर्ने जनाएको थियो । सरकारले निर्वाचनमा सुरक्षाको सम्भावित अवस्थाका बारेमा आवश्यक छलफल र परामर्श गरिरहेको बताइएको छ । त्यसैले शनिबार गृहमन्त्री अधिकारीले ७ प्रदेशका आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरुलाई बोलाउनुको उद्देश्य पनि निर्वाचन सुरक्षाका बारेमा छलफलका लागि भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com