ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३८ लाख नाघ्यो : दैनिक १० हजार सङ्क्रमितको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, ३० जेठ ।  विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३८ लाख नाघेको छ ।

विश्वमा दैनिक १० हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा नौ हजार चार सय ४१ जनाको मृत्यु कोरोनाका कारण भयो । विश्वमा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३८ लाख नौ हजार नौ सय ५० पुगेको छ ।

एकै दिन तीन लाख ४४ हजार एक सय ७९ जना नयाँ बिरामी थपिएका छन् । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या १७ करोड ६३ लाख ७७ हजार पाँच सय २३ पुगेको छ । सङ्क्रमितमध्ये १६ करोड तीन लाख ३५ हजार दुई सय पाँच जना उपचारपछि निको भएका छन् ।

एक करोड २२ लाख ३२ हजार तीन सय ६८ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८५ हजार चार सय ७१ जनाको अवस्था चिन्ताजनक छ । विश्वले पछिल्लो समय कोरोना नियन्त्रणमा केही सफलता प्राप्त गरिरहेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख १५ हजार ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार एक सय ८७ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४३ लाख १४ हजार छ सय ३३ पुगेको छ ।

दुई करोड ८३ लाख ८१ हजार चार सय ९९ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५३ लाख १८ हजार एक सय जनाको उपचार जारी रहेकोमा चार हजार आठ सय ६१ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७१ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म भारतमा कोरोनाका कारण तीन लाख ७० हजार एक सय ६८ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन ६५ हजार नौ सय ७३ जना नयाँ बिरामी थपिए । दोस्रो भेरियन्टबाट निक्कै प्रभावित बनेको भारतमा दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९४ लाख २४ हजार छ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८० लाख १५ हजार ४४ जना कोरोनामुक्त बनेका छन् । १० लाख ३८ हजार सात सय ९४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

दोस्रो भेरियन्टयता कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको भारतले पछिल्लो समय कोरोना नियन्त्रणमा सफलता हात पारिरहेको छ । दैनिक चार लाखसम्म सङ्क्रमित भेटिने गरेका थिए ।

कोरोनाबाट सबैभन्दा बढी छ हजार जनाको मृत्यु एकै दिन भएको थियो । तर नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या क्रमस घट्दै गइरहेको छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म चार लाख ८६ हजार तीन सय ५८ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ७५ हजार सात सय ७८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख ७६ हजार नौ सय ९८ पुगेको छ । एक करोड ५७ लाख ६१ हजार एक सय ७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

११ लाख २९ हजार चार सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । सङ्क्रमित सङ्ख्याको हिसाबले ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com