ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली भूभाग हुँदै मानसरोवर जाने सडक निर्माण रोकिएन : नेपाल सरकार अनभिज्ञ


एबीसी / संवाददाता
जेष्ठ २९, २०७८ शनिबार   ८ : ३६   बजे

काठमाडौं, २९ जेठ ।  भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माणलाई भारतले फेरि तीव्रता दिएको छ । भिडियो कन्फरेन्समार्फत् मानसरोवर जाने सिंगल लेन सडकको उद्घाटन गरेको एक वर्ष एक महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले ‘कैलाश मानसरोवर यात्राको लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै प्रसंशा गर्नुभएको छ।

भारतको उतराखण्ड राज्यको धार्चुला क्षेत्रबाट नेपालको सुदुरपश्चिम प्रदेशको दार्जुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोवरमा पुग्ने बाटोको सिंहले सिंहले २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गर्नुभएको थियो । यो उद्घाटनको समाचार नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएपछि निर्माण रोक्न नेपाल सरकारमाथि दबाब परेको थियो । त्यसपछि बल्ल परराष्ट्र मन्त्रालयले यो सडक निर्माण आफ्नो जानकारीमा रहेको भन्दै निर्माण रोक्न भारतलाई आग्रह गरेको थियो । भारतीय विदेश मन्त्रालयले त्यसै दिन विदेश मन्त्रालयमार्फत् ‘सडक आफ्नै भूमिमा बनाएको र केही समस्या भए कोरोना भाइरस संक्रमणपछि वार्ता गर्न सकिने’ जनाएको थियो । लगत्तै नेपालले लिम्पियाधुरासहितको भूभागलाई समेटेर जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो । जसलाई सोही दिन भारतले ‘नेपालको नक्सा अस्वीकार्य’ भनेको थियो । भारतले २०७६ को कात्तिक जम्मु कश्मिर र लद्दाखलाई फरक राज्यका रुपमा छुट्याएपछि जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको थियो । अहिले फेरि भारतीय पक्षले यो सडक निर्माणमा जोड दिएको हो । भारतीय रक्षामन्त्रीले यो सडक निमार्णलाई उल्लेखनीय उपल्बधि भन्नुभएको छ । नयाँ दिल्लीबाट शुक्रबार भिडियो कन्फरेन्समार्फत् बीआरओलाई सम्बोधन गर्दै सिंहले भन्नुभयो ,‘पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरु गर्‍यो । चाहे यो अटल टर्नेल रोहता, जस्ता नयाँ विश्वस्तरीय निर्माणको कार्यको थालनी होस्, कैलाश मानसरोवर यात्राको लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ ।’

बीआरओकै सडक निर्माणलाई विस्तार गर्ने क्रममा बिस्फोटन गराउँदा खसेको चट्टानले नेपालको ब्यास जोड्ने घोडेटो बाटो समेत बन्द भएको छ । भारतले तीन दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउदा विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको तल्लो भागबाट माथिल्लो भाग जान नसकिने भएको छ ।

ब्यास गाउँपालिका–२ स्थिल क्षेत्रको बाटो भत्किएको छ ।भारतले नेपाली भूमिमा नेपालको जानकारी विना नै सडक निर्माण गरेपछि तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैशाख २८ गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी दिने क्रममा ‘भारतले नेपालको १९ किलो मिटर भूभागमा बाटो बनाएको बताउनुभएको थियो । नेपालको राजनीतिक उतार–चढाबका बीच भारतीय खुफिया एजेन्सी रअ का प्रमुख सामन्त गोयल कात्तिक ५ गते गोप्यरुपमा बालुवाटार आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि दुई मुलुकबीचको सम्बन्ध सुधार भएको बताइएको थियो । त्यसपछि भारतको स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरावणेले नेपालको भ्रमण गर्नुभएको थियो । भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले पनि नेपालको भ्रमण गरेपछि नेपाल र भारतबीच कुटनीतिक वार्ता अघि बढ्ने वातावरण बनेको मानिएको थियो । तर फेरि नेपाली भूमि हुँदै भारतले सडक बनाउने कुरालाई भारतले प्राथमिकता दिएपछि यसमा पनि संशय पैदा भएको हो । पूर्वपरराष्ट्रमन्त्री नारायणकाली श्रेष्ठले ओली सरकारले राष्ट्रिय स्वाधीनता र अखण्डताका सबै अडानबाट आफूलाई विचलित गरेर सत्ता स्वार्थमा लागेको बताउनुभयो । पछिल्लो मसय ओली सरकार चुच्चे नक्सा र कालापानी क्षेत्रको अतिक्रमित भूमिका बारेमा बोल्न चाहंदैन उहाँले भन्नुभयो ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा आफुले बुझेर मात्र बताउने प्रतिक्रिया दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group