ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जातीय सद्भावका लागि सडक नाटक


admin

रोल्पा, १२ पुस। विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्बन्ध बिग्रनुका साथै द्वन्द्वसमेत निम्तने भएकाले सबैको संस्कारलाई सम्मान गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाका खेमबहादुर बुढामगरले जानकारी दिनुभयो । नाटकमा कलाकारले मगर, गुरुङ, ठकुरी तथा खस आर्य जातिको सांस्कृतिक झलकसहित नृत्यसमेत प्रस्तुत गरेका थिए ।

मुलुकमा जातजाति, भाषा, धर्म र भौगोलिकताका आधारमा विभेद आउन नहुने भन्दै सबै समुदायका बीच प्रगाढ सम्बन्ध बनाउने सन्देश प्रस्तुत भएको थियो । पैतालिस प्रतिशतभन्दा बढी जनजाति समुदायको बाहुल्यता रहेको रोल्पामा खस क्षेत्रीको संख्या छत्तीस प्रतिशत रहेको छ । जिल्लामा करिब १५ प्रतिशत दलितको बसोबास रहेको छ ।

संघीयता कार्यान्वयनसँगै जातजाति, भाषा, धर्म र भूगोलका नाममा भविष्यमा हुनसक्ने सम्भावित द्वन्द्वलाई यस्ता कार्यक्रमले न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com