ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित न्यायाधीश अलग नभएपछि भट्टराई र कार्कीको संवैधानिक इजालाशमा नवस्ने घोषणा


एबीसी / संवाददाता

काठमाडौं १ जेठ । संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन् ।

इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीप्रति लगातार प्रश्न उठे पनि इजलासमा कायम रहने ढिपी नछाडेपछि दुई न्यायाधीश भट्टराई र कार्कीले ले इजलास छोड्ने निर्णय गरेका हुन्।दुवै न्यायधिश केसी र श्रेष्ठभन्दा बरिष्ठ हुन् ।
मंगलबारको इजलासमा आफूहरूको निर्णय सुनाउँदै न्यायाधीश कार्कीले अरू दुई न्यायाधीशको कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहेको भए पनि प्रश्न उठेपछि इजलासमा सँगै बस्न नसकिने जानकारी दिएका थिए ।
आफू इजलासमा बस्नेरनबस्नेबारे निर्णय गर्ने उहाँहरूलाई अधिकार छ त्यसमा हाम्रो भन्नु केही छैन। अहिले इजलासले शिघ्र निर्णय गर्ने कि निष्पक्ष र कानुन र न्यायको आधारमा सुनुवाइ गर्ने भन्ने विषय छ,’ आफूहरूको लिखित निर्णय सुनाउँदै न्यायाधीश कार्कीले भने,‘न्यायाधीश निष्पक्ष रहनुपर्छ। आग्रहरपुर्वाग्रहबाट टाढा हुनुपर्छ। फैसला गरेरमात्र हुन्न, न्याय गरेको देखिनुपर्छ। परिणाममात्र होइन प्रक्रिया पनि स्वच्छ हुनुपर्छ।’
यसो गरेमात्र न्यायालयप्रति जनआस्था बढ्ने दुई जना न्यायाधीशको ठहर छ।
निष्पक्ष निरूपण गर्न नसक्ने भए न्यायाधीश अलग रहनु पर्छ। निष्पक्ष नभएको आशंका भएमात्रै अलग्गिनु पर्ने आचार संहिताले पनि भनेको छ,’ कार्कीले भने,‘यो न्यायाधीश आफैंले हेक्का राख्ने कुरा हो। प्रश्न उठेपछि उहाँहरू संवैधानिक इजलासबाट अलग भए हुन्थ्यो भन्ने हाम्रो भनाइ हो। उहाँहरूको निष्ठा,क्षमतामा प्रश्न गरेको होइन।’
दुई न्यायाधीशले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को इजलास गठन गर्नु पर्ने भएको छ ।
अर्को इजालस जेठ २३ गते बस्ने प्रन्या राणाले जानकारी दिए।
यस अघि बारका प्रतिनिधिहरुसंग प्रन्या राणाले बरिष्ठताका आधारमा इजलाश गठन गर्ने बताइसकेका छन् ।

केसी र श्रेष्ठको बारेमा प्रतिनिधिसभाका विघटन विरुद्धको मुद्धामा मुद्धाको पक्षका वकिलहरुले उनीहरु इजलाशमा बस्न नहुने प्रश्न उठाएका थिए । पाँच न्यायाधीशहरूबीच रिट निवेदकहरूले उठाएको विषयमा छलफल भएको थियो। इजलासका दुई न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले दुई न्यायाधीशहरू इजलासबाट हट्नु राम्रो हुने सुझाव दिए पनि उनीहरुले सुझाव लिन तयार भएनन् ।

सोमबार दिउँसो प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठबाहेक संवैधानिक इजलासको रोष्टरमा भएका १० न्यायाधीश बसेर छलफल गरे। श्रेष्ठ र केसी इजलासमा कायम रहिरहे अरू न्यायाधीशहरू कायम इजालसमा नबस्नेसम्मको छलफल भएको थियो। इजालाशमा बस्ने र नवस्ने विवादले प्रधानन्यायाधीश राणा निकै दवावमा परेका थिए ।
अब सर्वोच्च बारले दिएको सुझवा र प्रन्या राणाको प्रतिवद्धता अनुसार संवैधानिक इजलाश बरिष्ठताका आधारमा गठन गुर्नको कुनै विकल्प नभएको सर्वोच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com