ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसका विपक्षी नेता एलेक्सेबाट चुनाव बहिष्कारको आह्वान


admin


काठमाडौं , ११ पुस । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा आफूलाई भ्लादिमिर पुटिनविरुद्ध उठ्न वञ्चित गरिएपछि चुनाव बहिष्कार गर्न आह्वान गरेका छन् ।

उनले आफू विनाको चुनावको वैधानिकता नहुने भन्दै मतदाताहरुलाई विरोध जनाउन आह्वान गरेका हुन् । रुसको निर्वाचन आयोगले नभाल्नीविरुद्धको फौजदारी अभियोगमा दोषी ठहराइएकोले उनलाई राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेको हो । पुटिन चौथो कार्यकालका लागि चुनावमा उठ्न लागेका हुन् । ४१ वर्षीय नभाल्निलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिनसक्ने एकमात्रै उम्मेदवारका रुपमा हेरिएको थियो । भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भन्दै केन्द्रिय निर्वाचन आयोगले नभाल्नी चुनाव लड्नका लागि अयोग्य भएको बताएको छ । नभाल्नीले भने आफूविरुद्धको अभियोग राजनीतिक रुपमा अभिप्रेरित भएको बताएका छन् । निर्वाचन आयोगको निर्णयपछि बोल्दै नभाल्नीले आफूहरुलाई भाग लिन भनिएको प्रक्रिया चुनाव नभएको भन्दै विरोध प्रदर्शनको घोषणा मतदाताहरुले गर्ने बताए । पुटिनका समर्थकहरु राष्ट्रपतीय उम्मेदवारको मनोनयन प्रक्रिया थाल्न आज भेट्दै छन् । किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कम्पनीबाट झण्डै पाँच लाख डलर बराबरको काठ घोटाला गरेकोमा उनलाई दोषी ठहराइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

ट्रम्पलाई ब्राजिलको जवाफ: कुनै पनि करविरुद्ध लड्न तयार

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशमा संघीय अदालतको रोक

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो

गत वर्ष ट्रम्पमाथि गोली प्रहार भएको घटनामा सेक्रेट सर्भिसका छ जना १० देखि ४२ दिनसम्म निलम्बित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com