ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले विभाजनको संघारमाः नेताले क्याम्प बदले, अहिले को कता (सूचिसहित)


एबीसी / संवाददाता
जेष्ठ ९, २०७८ आईतबार   ९ : ०९   बजे

काठमाडौं, ९ जेठ । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले नेता माधवकुमार नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरेपछि फुट्ने निश्चितप्रायः भएको हो । नयाँ दल निर्माणको खाका समेत तयार भइसकेको छ ।

एमालेको विघटित प्रतिनिधि सभामा माधव नेपाल समूह कमजोर भएपनि नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमा बलियो रहेको छ । तर, निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक निर्वाचित कमिटी नै भंग गरेर नयाँ स्थायी कमिटीको घोषणा गरेका थिए । जसलाई नेपाल समूहले मानेको छैन । फुटको नजिक पुगेको एमालेमा माधव नेपाल समूह नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी र स्थायी कमिटीको आधारमा कमजोर छैन ।

नवौं महाधिवेशनमा एमालेमा १४ पदाधिकारीमध्ये ७ जना पदाधिकारी ओली पक्षमा छन् । नेपाल पक्षका गोकर्ण बिष्ट र योगेश भट्टराई ओली समूहमै फर्किएका छन् । यसअघि नवौं महाधिवेशनको पदाधिकारीमध्येलाई आधार मान्दा बहुमत रहेका नेपाल दुई सदस्यले गुट परिवर्तन गरेपछि अल्पमतमा परेका छन् । पछिल्लो संख्यालाई आधार मान्दा ५ जना पदाधिकारी माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली भएको थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् । स्वतः वरिष्ठ नेता बनेका झलनाथ खनाल र मनोनयन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित पदाधिकारी जोड्दा ७ जना नेपाल समूहमा देखिएका छन् । बामदेव गौतम महत्वपूर्ण पदसहित नेपाल समूहका जाने बुझिएको छ ।

नेकपा एमालेको स्थायी कमिटिमा १२ जना ओली पक्षमा छन् भने ११ जना माधव नेपाल पक्षमा छन् । नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे ओली समूहमै फर्किएका छन् । पदाधिकारी र स्थायी कमिटीमा बराबर जस्तै अवस्था छ। एमाले विभाजित हुँदा नवौं महाधिवेशनको निर्वाचित कमिटीको आधा आधा जस्तो दुवैतर्फ पर्ने देखिन्छ । एमाले ठिक आधा आधा जस्तो हुन्छ ।

यसरी नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीलाई आधार मान्दा ओली र नेपाल समूह दुवैमा आधा आधा शक्ति देखिन्छ । एमाले फुट्दा दुवैतर्फ आधा आधा संख्या रहनसक्छ ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१।केपी ओली, अध्यक्ष

२। इश्वर पोखरेल, महासचिव

३। प्रदिप ज्ञवाली, सचिव

४। गोकर्ण विष्ट, सचिव

५। योगेश भट्टराई, सचिव

६। पृथ्वी सुब्बा गुरुङ, सचिव

७। विष्णु पौडेल, उपमहासचिव

स्थायी कमिटी सदस्य

८। शंकर पोखरेल

९। सत्यनारायण यादव

१०। सुवास नेम्वाङ

११। विष्णु रिमाल

१२। सुरेन्द्र पाण्डे

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१। माधवकुमार नेपाल, वरिष्ठ नेता

२। झलनाथ खनाल, वरिष्ठ नेता

३। अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

४। भिम रावल, उपाध्यक्ष

५। युवराज ज्ञवाली, उपाध्यक्ष

६। घनश्याम भुषाल, उप महासचिव

७। भिम आचार्य, सचिव

स्थायी कमिटी सदस्य

८। मुकुन्द न्यौपाने

९। रघुजि पन्त

१०। बेदुराम भुषाल

११। अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

उपाध्यक्ष बामदेव गौतम तटस्थ

-एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group