ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको माधोपुरमा जनता आवासको घर निर्माणकार्य स्थगित


रुपेन्द्र पटेल
जेष्ठ ५, २०७८ बुधबार  ६ : ०१ बजे

रौतहट, ५ जेठ । रौतहटको माधोपुरमा गैर कानुनी तरिकाले जनता आवासको घर बनाउन लाग्दा तत्कालको लागि घर निर्माण कार्य स्थगीत भएको छ । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा गैर कानुनी तरिकाले जनता आवासको घर निर्माण गर्न लागेको पाइएको छ । प्रदेश २ सरकारको महत्वकांक्षी योजना जनता आवास कार्यक्रम अन्तर्गत दलितहरुको घर निर्माण हुन लागेको छ । माधोपुरमा माझी र डोम गरी ७ जनाको घर निर्माण हुन लागेको छ । घर निर्माण उपभोक्ता समितिको अध्यक्ष उपेन्द्र माझी रहेका छन । घर निर्माणका लागि केहि दिन अघि नै उनिहरु अहिले बसोवास गर्दै आइरहेको गाउँको जग्गालाई सिफारिस गरिएको थियो । घर निर्माणका लागि लाभान्वितहरुले नै भनेको र लालपुर्जा समेत दिएको जग्गालाई नै माधोपुरका वडा अध्यक्ष राजिव यादवले सिफारीस गरी जनता आवासको कार्यालय गौरमा बुझाएका थिए ।

कतिपयलाई आफनो जग्गा नभएकाहरुलाई समेत ठाउँ नै तोकेर फलानो एलानी जग्गमा घर निर्माण गरिदिनका लागि वडा अध्यक्ष यादवले सिफारीस गरेका थिए । वडा अध्यक्षले सिफारीस गरेको जग्गामा घर निर्माण गर्नुपर्ने प्रावधान रहेको छ । तर घर निर्माण समितिका अध्यक्ष उपेन्द्र माझीले वडा अध्यक्षले सिफारीस गरेको जग्गामा घर निर्माण गर्नुपर्ने प्रावधानलाई लत्याउँदै गैर कानुनी तरिकाले सिफारीस नै नभएको जग्गामा घर निर्माण गर्न लागेका छन । नेकपा माओवादी पार्टीका केहि कार्यकर्ताहरुको संरक्षणमा अध्यक्ष माझीले वडा अध्यक्षले सिफारीस गरेको जग्गालाई छोडेर एक जनाको निजी जग्गामा गैर कानुनी तवरले घर निर्माण गर्न लागेका हुन । अध्यक्ष माझीले स्थानीय रामप्रसाद पास्वानको जग्गालाई आफनो जग्गा भनी घर बनाउन लागेका छन । आफुले पास्वानसँग जग्गा खरिद गरिसकेको र अहिले निषेधाज्ञाका कारण कार्यालयहरु बन्द हुँदा रजिष्टेसन अर्थात रसटलि गराउन नपाएको माझी बताउँछन । रसटलि पास नभएपनि जग्गा धनीसँग मन्जुरनामा गराइसकेको भन्ने झुठो नाटक गरी माझीले घर बनाउन लागेका छन ।

लाखौको लगानी गरी अरुको जग्गामा घर बनाउँदा भोलीको दिनमा उक्त जग्गावालाले घर कब्जा गर्यो भने सरकारको लागानी बालुवामा पानी फेरे झै हुन्छ । उपेन्द्र माझी नामको लागि मात्र अध्यक्ष भएपनि काम गराउने जिम्मा माओवादीका केहि कार्यकर्ताहरुले लिएको श्रोतले जनाएको छ । घर निर्माण गराउने जिम्मा पाएका ति कार्यकर्ताहरुले जसरी पनि अरुको जग्गामा घर बनाएर पैसा हत्याउने अर्थात भ्रष्टाचार गर्ने दाउमा रहेको श्रोतको दावी छ । तपाईसँग घर बन्दैन हामीलाई जिम्मा दिनुस हामी बनाइदिन्छौ जस्ता विभिन्न किसिमको डर त्रास देखाएर उनिहरुको घर निर्माणको जिम्मा ति कार्यकर्ताहरु लिएका छन । दलितहरुको आफनै इच्छा र मनले उक्त घरहरु बनाउन दिनुपथ्र्यो तर आफना निहित स्वार्थ पुर्ति तथा भ्रष्टाचार गर्ने उद्देश्यले केहि पार्टीका कार्यकर्ताहरुले लाभान्वितहरुलाई विभिन्न भय त्रास देखाएर आफना प्रभावमा पारेर उक्त घर बनाउन लागेका छन । कानुन सम्वत ढंगले मात्र घर बनाउन वडा अध्यक्ष राजिव यादवले सुझाव दिएका छन । आफुले सिफारीस गरेको जग्गा छोडेर अन्य कसैको निजी जग्गामा घर बनाउनु कानुन विपरीतको कार्य भएको भनी वडा अध्यक्ष यादवले अक्रोस पोखेका छन । आफनो वडामा कुनै पनि हालतमा कसैलाई पनि कानुन विपरीतको कार्य गर्न नदिने उनले बताए ।

यता माधोपुरको जनता आवास कार्यक्रममा यति लापरवाही र मनोमानी हुँदा पनि जिम्मेवार व्यक्ति जनता आवास कार्यक्रमका रौतहट संयोजक प्रदेश सांसद समेत रहेका बाबुलाल साहले कुनै चासो लिएका छैनन । यसैविच गैर कानुनी रुपमा घर निर्माण हुन लागेको भनी थाहा पाएपछि शहरी विकास तथा भवन कार्यालय विरगंजका प्रमुख राजेन्द्र साहले तत्कालका लागि निर्माण कार्य स्थगीत गर्न निर्देशन दिएका छन । शहरी विकास तथा भवन कार्यालय विरगंजका प्रमुख साहले तत्कालका लागि निर्माण कार्य स्थगीत गराउन निर्देशन दिएको बताएका छन । शहरी विकास कार्यालयको निर्देशनपछि माधोपुरमा बन्दै गरेको जनता आवासको घर हाललाई स्थगीत भएको छ । अनुगमन पश्चात छानवीन नहुन्जेलसम्मका लागि काम स्थगीत राख्न निर्देशन दिएको शहरी विकास तथा भवन कार्यालय विरगंजका प्रमुख साहले बताएका हुन । केहि दिन भित्रमा यसको अनुगमन हुने भएको छ अनुगमन पछि मात्र कुन ठाउँमा घर बनाउने भन्ने कुराको टुंगो लाग्ने छ । राजनैतिक चलखेलकै कारण एक महिना अघि सम्पन्न भइसक्नुपर्ने उक्त काम अहिलेसम्म पनि शुरु हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com