काठमाडौं, २७ बैशाख । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गर्नुभएको हो । आजको बैठकमा ओली विश्वासको मत लिन असफल हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्