ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले विवाद : राष्ट्रपतिदेखि दोस्रो तहका नेतासम्म सक्रिय, एकताको मध्य विन्दु भेटिएन


एबीसी / संवाददाता
बैशाख २४, २०७८ शुक्रबार  ५ : २६ बजे

काठमाडौं, २४ बैशाख । नेकपा (एमाले)को एकता जोगाउनका निम्ती आफूले गरेका निर्णय मानेर पार्टी गतिविधिमा संलग्न हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख विष्णु पौडैललगायतलाई पछिल्ला दिनमा पार्टीको विवाद मिलाउन परिचालन गरेका ओली आफैंले पनि नेपाल पक्षका नेताहरूसँग छुट्टाछुटै भेटवार्ता गर्नुभएको छ । छलफलमा सहभागी खनाल–नेपाल पक्षका नेताहरूले अध्यक्ष ओलीले पार्टी एकताका लागि ठोस प्रस्ताव अगाडि नसारेको र आफूहरूले राखेको प्रस्तावमा पनि स्वीकृति नजनाएको बताएका छन् ।
एमालेको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति भण्डारीले बिहीबार साँझ नेता नेपालसँग झन्डै पौने ३ घण्टा छलफल गर्नुभएको थियो । राष्ट्रपति कार्यालय सितल निवासमा भएको छलफल एमालेको एकता जोगाउने विषयमा केन्द्रित भएको बताइएको छ । राष्ट्रपति र नेता नेपालबीच छलफल भइरहेका बेला प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो । झन्डै ३ घण्टा भएको छलफलमा पनि एकताको मध्य विन्दु नभेटिएको बताइएको छ ।

देउवालाई भेटेपछि माधव नेपाल राष्ट्रपति भवनमा

आफूले राष्ट्रपति, भुसाल र भट्टराईले अध्यक्ष ओलीलाई भेटेको भोलिपल्ट नेता नेपालले कुनै सहमति नभएको र आफूहरूको एकताको बटमलाइन यथावत रहेको सामाजिक संजाल मार्फत बताउनुभएको छ । शुक्रबार उहाँले भनेका छन्, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । उनले पार्टी एकताक लागि आफूहरू वार्ता र लचकता अपनाउने बताउँदै भनेका छन्, तर अहिलेसम्म कुनै सहमति भएको छैन । पछिल्लो समय भइरहेका छलफललाई लिएर आफू पक्षलाई भ्रममा नपर्न, नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन पनि उहाले आह्वान गर्नुभएको छ । अध्यक्ष ओलीसँग बिहीबार साँझ लामो छलफल गर्नुभएका नेता योगेश भट्टराईले पार्टी मिलाउने कुरा भएको बताउनुभयो । उहाँले कुराकानी हुनु राम्रो भए पनि एकताको ठोस प्रस्ताव नआएको बताउनुभयो ।

उहाँले मिल्ने एजेन्डा प्रस्तुत गर्नुभएको छैन । आफूले गरेका निर्णय मानेर जाउँ मात्रै भन्नुहुन्छ, ओलीको भनाइ उल्लेख गर्दै भट्टराईले भेटबारे भन्नुभयो अझै ठोस मिलनबिन्दु भेटिएको छैन । अध्यक्षले मैले निर्णय गरेको छु त्यो मानेर आउनुस् भन्नुभयो । हामीले त्यो हुँदैन भन्यौं । हामीले २०७५ जेठ २ लाई आधार बनाएर एकताको विकल्प खोज्नुपर्छ भन्यौं । आफ्नो र भुसालको कुरा सुनेपछि प्रधानमन्त्रीले फेरि छलफल गरौंला भनेको र आफूहरू बालुवाटारबाट बाहिरिएको भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महाधिवेशन घोषणा, माओवादी छोडेर आएका नेताहरूलाई दिएको जिम्मेवारी, स्थायी कमिटी गठन, नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्नेलगायतका निर्णय मानेर जानुपर्ने भुसाल र भट्टराईलाई भन्नुभएको थियो । ओलीले बालुवाटार बोलाउनुअघि भुसाल र भट्टराई अर्थमन्त्री विष्णु पौडेलसँग छलफलमा बस्नुभएको थियो । त्यहाँ पनि एकताको ठोस आधार नभेटिएको उहाँहरूले पनि बताउनुभएको छ । पौडेलसँग छलफल गरेका नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले एकताको ठोस प्रस्ताव नआएको र आधार पनि नभेटिएको बताउनुभयो । ओली र नेपालको बीचमा मध्यस्तताको काम गरिरहेका सांसद सोमप्रसाद पाण्डेले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसँगसम्मका कुराकानीमा एकताको स्पष्ट मार्गचित्र भेटिइनसकेको तर प्रयास जारी रहेको दावी गर्नुभयो ।

अध्यक्ष ओलीसँग मध्यस्तता गरिरहेका नेताहरूले पनि एमाले र माओवादी एकता हुनुपूर्वको अवस्थामा फर्किनुपर्ने कुरा राखेको पाण्डेले बताउनुभयो ।यसमा प्रधानमन्त्रीले एस पनि भन्नुभएको छैन, नो पनि भन्नुभएको छैन । टेबुलमा बसेर छलफल भएपछि यी सबै कुरा टुंग्याउन सकिन्छ भन्ने प्रधानमन्त्रीको भनाइ छ,पाण्डेले भन्नुभयो । नेपाल पक्षलाई गरेको कारबाही लगायतका कुरा फिर्ता गर्ने शर्त पत्रमै भएकाले त्यसमा समस्या नभएको अध्यक्ष ओलीले जवाफ दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको तर्फबाट मध्यस्तताको काम गरिरहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने दुवै नेताबीच एकता गराउने प्रयास भइरहेको बताउनुहुन्छ । उहाँ त्यसको अन्तिम कडीका रूपमा शुक्रबार नै दुवै नेताबीच वार्ताको सम्भावना रहेको बताउनुभयो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा पनि नेपाल पक्षसँग कसरी सहमति गर्ने र एकता कसरी जोगाउने भन्नेबारे छलफल भएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा बैशाख २७ गते विश्वासको मत लिने तयारी गर्नुुभएको छ । त्यसका लागि प्रतिनिधिसभाको अधिवेशन पनि आह्वान गरिसकिएको छ । विश्वासको मत प्राप्त गर्नका लागि उनले प्रमुख प्रतिपक्ष कांग्रेसदेखि पार्टीभित्रकै विपक्षी खेमासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा

 

बैशाख २७ गतेलाई नै ध्यानमा राखेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीको तर्फबाट पछिल्ला गतिविधि भइरहेको खनाल–नेपाल खेमाको बुझाइ छ । २७ गते पहिल्यै सहमति गर्ने र त्यसको कार्यान्वयनमा ओलीले बाधा हाल्ने हुन् कि भन्ने नेपाल पक्षको शंका छ । कुराकानी अत्यन्तै सकारात्मक तवरमा भइरहेको छ । त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हो, सोमनाथ पाण्डेले भन्नुभयो नेताहरूबीच विश्वास बढाउन गाह्रो भइरहेको हो । दुवै पक्ष सकारात्मक देखिनुहुन्छ तर विश्वास बढाउने, जगाउने प्वाइन्टमा पुगिसकेको छैन ।

ओली–नेपाल भेट अन्योलमा

यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता नेपालबीच शुक्रबार भेटको तयारी भएको बताइएको छ ।नेता नेम्वाङले ओली र नेपालबीच भेटको सम्भावना रहेको बताएका छन् । नेपाल पक्षले भने भेटको टुंगो नलागिसकेको बताएको छ । दुवै पक्षलाई सहमतिमा ल्याउन पहल गरिरहेका सोमनाथ पाण्डेले छलफल भइरहेको तर टुंगो भइनसकेको बताए ।

 

 

एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

 

 

थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो – नेता नेपाल

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com