काठमाडौं, २३ बैशाख। नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुग्नुभएको हो । नेपाल पक्षलेका सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उहाँ राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ओलीले विश्वासको मतको लागि संसद बोलाइसकेको अवस्थामा त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन नेपालले दिनुभएको एक स्रोतले जनाएका छ । एमाले मिलाउनका लागि ओलीलाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्